सुनकोशी र भोटेकोशीमा बाढी आएपछि सतर्क रहन आह्वान, दिउँसो भारी वर्षाको पूर्वानुमान | Khabarhub Khabarhub

सुनकोशी र भोटेकोशीमा बाढी आएपछि सतर्क रहन आह्वान, दिउँसो भारी वर्षाको पूर्वानुमान


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सुनकोशी र भोटेकोशी नदीमा अचानक बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आह्वान गरेको छ ।

विभागको सिन्धुपाल्चोकस्थित बलेफी नदी जलविरे बाढी मापन केन्द्रका अनुसार एक्कासी जलसतह १ मिटर बढेर बाढी बढ्दो क्रममा रहेको छ ।

यस्तै सिन्धुपाल्चोकको बाह्रबीसेस्थित भोटेकोशी नदीमा पनि एक्कासी बाढी आएकाले ती नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन बाढी पूर्वानुमान महाशाखाले आह्वान गरेको छ ।

यसअघि सिन्धुपाल्चोकको बाह्रबिसेमै गत असार २४ गते  बाढीपहिरो जाँदा २० जना बेपत्ता भएका थिए ।

यसैबीच मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ ।

मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेकाले दिउँसो मुलुकका अधिकांश प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान मशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आज दिउँसो र राति भारी वर्षाको सम्भावना छ ।

 

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ६ : ५८ बजे

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले),

मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’

मुस्ताङ – मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

पर्सा – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र