गायिका बनिन् मलिका उर्फ तपस्या | Khabarhub Khabarhub

गायिका बनिन् मलिका उर्फ तपस्या


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘यात्रा’ को गीत सार्वजनिक गरिएको छ । चैत्र २९ गतेबाट रिलिज हुने फिल्म ‘यात्रा’ को उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

मेलिना राईले स्वर दिएको उक्त गीतमा दिवेश उप्रेती र प्रतीक पौडेलका शब्द छन् भने कोविज बज्र र प्रतीक पौडेलको संगीत सुन्न सकिन्छ ।

गीतको भिडियोमा नायिका मलिका महतलाई देख्न सकिन्छ । भिडियोमा मलिकालाई गायिकाका रुपमा प्रस्तुत गरिएको छ । उनले एक कार्यक्रममा लाइभ गाइरहेको देख्न सकिन्छ ।

सलिनमान बनियाको समेत मुख्य भूमिका रहेको यो फिल्म सलिन र मलिकाको कथासँगै अगाडि बढ्छ । फिल्ममा सलोन बस्नेत, रियर राई, प्रेक्षा बज्राचार्य, जाह्नवी बस्नेत, विशाल कटुवाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

समृद्धि राई र जयनन्द लामाको गेस्ट रोल रहेको फिल्ममा अंकित सङ्गौला, एञ्जेल राई र उपकार पाण्डेलाई बालकलाकारका रुपमा देख्न सकिनेछ ।

फिल्ममा लेखन तथा निर्देशन सम्राट शाक्यको रहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ५ : ४९ बजे

कीर्गिस्तानसँग पराजित नेपाल उपबिजेता बनेर घर फर्कियो

काठमाडौँ- नेपाली युवा टोलीले श्रीलंकामा जारी काभा महिला यू-१९ भलिबल

बिडिसिए कपः त्रिपुरा सेमिफाइनलमा

बैतडी – त्रिपुरा क्रिकेट क्लब बिडिसिए कपको २२औँ संस्करणको सेमिफाइनलमा

मधेसमा कांग्रेसको समर्थनमा फेरि मुख्यमन्त्री दाबी गर्दै सोनल

काठमाडौँ- मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा नेपाली काँग्रेससहित

जेनजी आन्दोलनमा लाइसेन्स र मोटरसाइकल चोरी गर्ने पक्राउ

कास्की – जेनजी आन्दोलनको अवसरमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)

जेलमा बस्दा बुझेको देश बनाउने डीपीआर लागू गर्छु: रेशम चौधरी

काठमाडौँ- पूर्वसांसद रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश