पशुपतिनाथका भट्ट हटाउने सोच छैन : पशुपति क्षेत्र विकास कोष | Khabarhub Khabarhub

पशुपतिनाथका भट्ट हटाउने सोच छैन : पशुपति क्षेत्र विकास कोष


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति नाथ मन्दिरमा कार्यरत भट्टहरू हटाउने कुनै सोच नरहेको जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारले पशुपतिनाथ मन्दिरमा हाल कार्यरत भट्टहरू हटाउन लागेको भन्दै विभिन्न अनलाइन न्यूज पोर्टलमा समाचार आएको विषय प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

विज्ञप्ति मार्फत सदस्यसचिव ढकालले भनेका छन्, ‘नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र पशुपति क्षेत्र विकास कोष कसैको पनि यस खालको सोच नरहेको जानकारी गराउन चाहन्छौं ।’

नेपाल र भारतबीच सदियौंदेखि जनस्तरसम्म धार्मिक, अध्यात्मिक, सामाजिक र सांस्कृतिक रूपमा रहेको प्रगाढ सम्बन्धलाई धुमिल गर्न कतिपय शक्तिहरू सक्रिय रहेको भन्दै कोषले त्यस्ता भ्रामक समाचारकापछि नलाग्न सबैमा अनुरोध पनि गरेको छ ।

कोषले जारी गरेको विज्ञप्ति पढ्नुहोस् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ७ : ३० बजे

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम

झापा- यही कात्तिक १५ देखि २२ गतेसम्म झापामा हुने अन्तर्राष्ट्रिय

पाँच दशकपछि भारत फर्किए शीर्ष नागा विद्रोही नेता मुइवाह

उखरुल (भारत)– करिब पाँच दशकपछि भारतको उत्तरपूर्वी मणिपुर राज्यमा आफ्नो

जेन-जी आन्दोलनमा सहिद भएकालाई श्रद्धाञ्जली दिँदै सामूहिक भाइटीका (तस्बिरहरु)

काठमाडौं- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनमा सहिद

मानुङकोटमा बढे पर्यटक

दमौली (तनहुँ)- चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक

अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुखबीच भेट

जेनेभा– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको संसद हाउस अफ