८२ लाख ८५ हजार बढी संक्रमण मुक्त « Khabarhub

८२ लाख ८५ हजार बढी संक्रमण मुक्त


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३९ लाख ५३ हजार ३४२ जना व्यक्तिमा ८२ लाख ८५ हजार १८३ व्यक्ति संक्रमण मुक्त भएका छन् ।

विश्वमा कोरोना भाइरसको संक्रमणबाट ५ लाख ९२ हजार ७७८ जना व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।

हाल विश्वभरमा ५० लाख ७५ हजार ३६४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ५९ हजार ८८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३६ लाख ९५ हजार २५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४१ हजार ११८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३१ लाख १६ हजार ३९३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख १२ हजार २९३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४३ लाख २६ हजार ८२८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ९२ हजार ४८७ जनाको मृत्यु भएको छ ।

युरोपमा २६ लाख २९ हजार ७२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९८ हजार १६६ को मृत्यु भएको छ । एसिया ३१ लाख ९९ हजार १६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७५ हजार २५९ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ६ लाख ६७ हजार ३३४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४ हजार ३९९ जनाको मृत्यु भएको छ । ओसियानामा १२ हजार ९०३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १२ : १९ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन