यस्तो छ आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति (पूर्णपाठ) « Khabarhub

यस्तो छ आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति (पूर्णपाठ)


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नयाँ आर्थिक वर्षको मौद्रिक नीति प्रस्तुत गरेका छन्।

कोभिड १९ को संकटबाट अर्थतन्त्रलाई जोगाउने लक्ष्यसहित मौद्रिक नीति आएको छ। यो वर्ष कोभिडले गरिबी, बेरोजगारी र असमानता बढ्ने भएकाले यसलाई सम्बोधन गर्ने गरी नीति ल्याइएको गभर्नरले बताएका छन्।

राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा पुँजी बजारलाई राहत दिने गरी सेयर धितो कर्जाको सीमा बढाइएको छ।

केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमा बढाएर ७० प्रतिशत पुर्‍याइको छ । यसअघि सेयर धितो कर्जा राखेर ६५ प्रतिशतसम्म मात्र कर्जा पाइने गरेको थियो । लगानीकर्ताको माग बमोजिम ५ प्रतिशत बढाएर ७० प्रतिशत पुर्याएको हो ।

यसैगरी, १८० दिनको औसत मूल्यांकन अवधिलाई घटाएर १२० दिनमा झारिएको छ। यसले पुँजी बजारका लगानीकर्ताले सेयर धितो कर्जा अब पहिलेभन्दा बढी पाउनेछन् । यसले सेयर बजार सुधारमा सहयोग पुग्‍ने लगानीकर्ताहरुले गरेका छन्।

नेपाल राष्ट्र बैंकले बिग मर्जरलाई स्वेच्छिक गरेको छ। २०७८ सम्म मर्जरमा गएर एकिकृत कारोबार गरे २०७९ सम्म सुविधा दिइने भएको छ।

राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै यस्ता संस्था मर्जरमा गए सीआरआर आधा प्रतिशत बिन्दु छुट दिइने भएको छ।

वैधानिक तरलता अनुपातमा एक प्रतिशत बिन्दुले घटाइने भएको छ। संस्थागत मुद्दतिमा तोकिएको सीमाभन्दा १० प्रतिशत बढि उठाउन पाइने छुट दिइने छ।

बैंकका सञ्चालक र प्रमुख कार्यकारीलाई कुलिङ नलाग्‍ने सुविधा पनि दिइने छ। एउटै ब्यक्ति समूहबाट प्रवर्द्धित बैंकहरुलाई मर्जरमा लगिने भएको छ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ३ : ५६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना