वार्टफोर्डलाई हराएसँगै वेस्टह्याम प्रिमियर लिगको रेलिगेशनबाट जोगियो « Khabarhub

वार्टफोर्डलाई हराएसँगै वेस्टह्याम प्रिमियर लिगको रेलिगेशनबाट जोगियो


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कामाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा वार्टफोर्डलाई हराएसँगै वेस्टह्याम रेलिगेशनबाट जोगिएको छ ।

शुक्रबार राति भएको खेलमा वार्टफोडलाई वेस्टह्यामले ३–१ गोल अन्तरले पराजित गरेको छ ।

वेस्टह्यामको जीतमा मिचेल एन्टोनियो, टोमा सौक र डेक्लान रइसले एक एक गोल गर्दा टोरी डेनीले वार्टफोर्डका लागि एक गोल फर्काएका थिए ।

खेल सुरू भएको छैटौं मिनेटमा एन्टोनियोले गोल गर्दै वेस्टह्यामका लागि अग्रता दिलाएका थिए । यसैगरी दशौं मिनेटमा सौकले गोल गर्दै अग्रता दोब्बर बनाए । ३६औं मिनेटमा रइसले गोल गर्दै ३–० को अग्रता दिलाए ।

पहिलो हाफमा वाटफोर्डलाई दबाबमा राखेको वेस्टह्यामले दोस्रो हाफमा भने एक गोल खायो । वाटफोर्टका लागि डेनीले ४९औं मिनेटमा एक गोल फर्काएका थिए । त्यसपछि थप गोल नभएपछि वेस्टह्याम विजयी भयो ।

जीतसँगै प्रिमियर लिगमा ३७ अंक बनाउँदै वेस्टह्याम १५औं स्थानमा रहँदा वाटफोर्ड भने ३४ अंकका साथ १७औं स्थानमा छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ७ : ०५ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ