चिकित्सक भन्छन् : जे सुकै कारबाही गरोस् आन्दोलन रोकिँदैन « Khabarhub

चिकित्सक भन्छन् : जे सुकै कारबाही गरोस् आन्दोलन रोकिँदैन


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले अस्पताल क्षेत्रमा हडताल गर्न नपाइने निर्णय गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अस्पताल, एम्बुलेन्स, औषधि उत्पादनका क्षेत्रमा हड्ताल गर्न नपाइने निर्णय भएको बताएका हुन् । अस्पताल क्षेत्रमा हडताल गर्न नपाईने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको मन्त्री बास्कोटाले जानकारी दिएका छन् ।

यता कर्मचारी समायोजनमा असन्तुष्ट जनाउँदै सरकारी चिकित्सकले शुक्रबार (भोलि) नै अस्पताल बन्दको कार्यक्रम घोषणा गरीसकेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार चिकित्सकको अस्पताल बन्दको कार्यक्रम कानून विपरित ठहर हुनेछ ।

अस्पतालमा हड्ताल गर्न नपाइने मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएपनि सरकारी चिकित्सकले भने आफ्नो आन्दोलनको कार्यक्रम जारी रहने बताएको छ । सरकारी चिकित्सक संघका अध्यक्ष दिपेन्द्र पाण्डेले आफूहरुको आन्दोलन जारी रहने जाकारी दिए ।

‘मन्त्रिपरिषद्को निर्णय जे सुकै आओस् हाम्रो आन्दोलन रोकिँदैन, प्रधानमन्त्रीले गरेको प्रतिवद्धता कार्यान्वयन नगर्ने अनि विरोध गर्न पनि नपाइने,’ डा पाण्डेले खबरहबसँग भने, ‘मन्त्रिपरिषद्ले सरकारी चिकित्सक चाहिँदैन भनेर निर्णय गरोस् हामी तुरुन्तै राजीनामा दिन्छौं ।’

 

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ७ : ४१ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक