सञ्जय दत्तको पहिलो फिल्मको प्रिमियरमा किन एक सिट खाली ? | Khabarhub Khabarhub

सञ्जय दत्तको पहिलो फिल्मको प्रिमियरमा किन एक सिट खाली ?


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजभन्दा करिब ३९ वर्ष पहिले बलिउड चर्चित अभिनेता सञ्जय दत्तले फिल्मी क्षेत्रमा पहिलो कदम राखेका थिए ।

सन् १९८१ मा उनको पहिलो फिल्म रक्कि रिलिज भएको थियो । फिल्म रिलिज ताका सञ्जय निकै उत्साहित थिए । तर सोहि बेला उनकी आमा नरगिस दत्तको स्वास्थ्य चिन्ताजनक भएकाले उनको परिवार तनावग्रस्त थियो ।

आफ्नो पहिलो फिल्म रिलिजको उत्साहलाई सञ्जय र उनको परिवारले दबाउनु परेको थियो ।

रक्कि रिलिज हुनु केहिदिन अघि मात्र सञ्जयकी आमा नरगिस दत्तको मृत्यु भयो । तर फिल्मको रिलिज मिति तय भइसकेकाले यसलाई परिवर्तन गरिएन ।

रिलिजको केहि दिन अघि तय भएको प्रिमियर शो समेत परिवर्तन गरिएन । सोहि प्रिमियर शोको एक तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

जसमा सञ्जय दत्त र उनका पिता सुनिल दत्त एकआपसमा कुरा गरिरहेका देखिएका छन् । तर यस तस्बिरमा रोचक कुरा के छ भने उनीहरुबीचको एक सिटमा कुनै अतिथि छैनन् । यो सिट खाली छ ।

वरिष्ठ कलाकार र चर्चित ब्यत्तित्वले भरिएको प्रीमियर शोको पहिलो श्रेणिको एक सिट त्यो पनि सुनिल र सञ्जयबीचको सिट खाली हुनुले सबैलाई अचम्भित पारेको छ । तर यसको पछाडी एक मार्मिक प्रसंग छ ।

नरगिस दत्तलाई सन् १९८० मा प्याक्रियांजको क्यान्सर देखा परेको थियो । जसका कारण सन् १९८१ मे ३ मा उनको मृत्यु भयो । यो सञ्जयको फिल्म रिलिज हुनुभन्दा ४ दिन पहिलेको कुरा हो । छोराको पहिलो फिल्म हेर्न उत्साहित नरगिसले प्रिमियरको सय घण्टा अघि अन्तिम श्वास लिइन् ।

खासमा सञ्जयकी आमा नगरीसले बिरामी भएर अस्पतालमा रहेको बेला रक्किको प्रिमियर शोमा दुबैकाबीचमा बसेर सिट्टि बजाउने वचन दिएकी थिइन । तर त्यसो हुन पाएन ।

प्रिमियरको केहि दिन अघि मात्र उनको मृत्यु भयो । जसका कारण सञ्जय र सुनिलले उक्त प्रिमियर शोमा छोराको चलचित्र हेर्न नगरिसको आत्मा आउने विश्वासले आफुहरुबीचको एक सीट खाली राखेका थिए ।

रक्किमा सञ्जयका अलावा अभिनेत्री टीना मुनीम, शम्मी कपूर, राखी, रीना रोय लगायतका कलाकारको अभिनय रहेको छ । जसलाई सुनिल दत्त आफैले निर्देशन गरेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ९ : ५१ बजे

उद्योग वाणिज्य महासंघमा राजनीति छिर्‍यो

म ०५८ देखि ०६० सम्म उद्योग वाणिज्य महासंघको अध्यक्ष रहेँ

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिने बढ्दै

कञ्चनपुर– कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र

हरिशयनी एकादशीमा कालीगण्डकी नदीमा स्नान गर्नेको भुइँचो

पर्वत– हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदै छन् ।

सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

चितवन– सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु भएको छ ।