बनारसमा कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको पुष्टि, ६ जना पक्राउ | Khabarhub Khabarhub

बनारसमा कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको पुष्टि, ६ जना पक्राउ


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको बनारसमा कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको खुलेको छ ।

भारतीय प्रहरीका अनुसार छिमेकी मुलुक नेपाल र नेपालीमाथि आपत्तिजनक टिप्पणी गर्नेविरुद्धको कारबाही जारी रहेको छ ।

हालसम्म ६ जनालाई पक्राउ गरिएको छ । भिडियोमा देखिएका कपाल मुण्डन गरिएका व्यक्ति भारतीय नागरिक नै भएको वाराणसी प्रहरीले जनाएको छ ।

प्रहरीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ- ‘भिडियोमा देखिएका व्यक्ति भारतीय नागरिक हुन्, उनको वाराणसीमा जन्म भएको र उनको परिवार सरकारी सेवामा कार्यरत रहेका छन् ।’

यसअघि घटनामा संलग्न भएको आरोपमा सन्तोष पाण्डे नाम गरेका व्यक्तिलाई प्रहरीले शुक्रबार अपराह्न पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनले नै भिडियो बनाएका थिए । उनको मोबाइलबाड सो भिडियो समेत बरामद भएको प्रहरीले जानकारी दिएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ७ : ४३ बजे

रोस्टनको अलराउण्ड प्रदर्शनमा पाकिस्तानविरूद्ध वेस्ट इन्डिजको जित

वेस्ट इन्डिज– रोस्टन चेजको अलराउण्ड प्रदर्शनमा वेस्ट इन्डिजले पाकिस्तानसँगको पहिलो

ट्रम्पले भने, ‘घर नभएकाहरू’लाई राजधानी वासिङ्टन डिसीमा ठाउँ छैन’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घरबारविहीनहरूले राजधानी सहर वासिङ्टन डिसी

हमासको कब्जामा रहेका विपिन खोज्न आमा र बहिनी इजरायलतिर

काठमाडौं- हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विद्यार्थी विपिन जोशीलाई रिहाइको माग

यस्तो छ सोमबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ- सङ्घीय संसद्का विभिन्न चार समितिको बैठक आज बस्ने भएको