हैदरावादविरुद्ध सन्दीप पनि मैदानमा, दिल्ली पहिले ब्याटिङ गर्दै | Khabarhub Khabarhub

हैदरावादविरुद्ध सन्दीप पनि मैदानमा, दिल्ली पहिले ब्याटिङ गर्दै


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) टोली दिल्ली क्यापिटल्सको प्लेइङ ११ मा परेका छन् ।

दिल्लीको घरेलु मैदान फिरोज कोट्ला रंगशालामा सनराइजर्स हैदरावादविरुद्ध को टिममा सन्दीप दिल्लीको प्लेइङ सेटमा अटाएका हुन् । यसअघिका दिल्लीले खेलेका ४ खेलमा पछिल्ला दुई खेलमा लगातार मैदान उत्रिएका सन्दीप आजको खेलमा पनि पहिलो रोजाईमा अटाएका छन् ।

सन्दीपले यो सिजनको पहिलो र दोस्रो खेलमा गरी तीन विकेट लिइसकेका छना् । सन्दीपले यसअघि चेन्नईविरुद्ध खेल्दै २ विकेट लिएर २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर समेत बनेका छन् ।

सन्दीपसँगै आजको खेलमा हैदरावादका स्पिनर राशिद खानको पनि चर्चा भइरहेको छ । कतिले सन्दीप र राशिद मध्ये आजको खेलमा कसले राम्रो प्रदर्शन गर्लान् भन्दै अनुमान लगाइरहेका छन् । सन्दीपको टोली दिल्लीले टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

दिल्लीको टिम
इशान्त शर्मा, राहुल त्रिवेडी, अजर पटेल, पृथ्वी श्वा, शिखर धवन, श्रयस अयर (कप्तान), रिसभ पन्त, कागिसो रबाडा, सन्दीप लामिछाने, क्रिस मोरिस, कोलिन इनग्राम

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ८ : ०० बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते