भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन ३७ हजार संक्रमित | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन ३७ हजार संक्रमित


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।

लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा आइतबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ३७ हजार ४०७ जना संक्रमित थपिएका छन् ।

यसअघि गएको शुक्रबार एकै दिन सर्वाधिक ३५ हजारभन्दा बढी संक्रमित थपिएको भारतमा आइतबारको तथ्यांकले त्यसलाई पनि उछिनेको छ ।

संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा भारतमा यो समाचार तयार पार्दासम्म १० लाख ७७ हजार ८६४ पुगेको छ ।

यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । अहिलेसम्म संक्रमितमध्ये ६ लाख ७७ हजार ६३० जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ७३ हजार ४०६ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ५४३ जनाको मृत्यु भएपछि आइतबार बिहानसम्म ज्यान गुमाउनेको २६ हजार ८२८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ५ : ३६ बजे

निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका

मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी

पर्सा – मधेश प्रदेशसभा सदस्य विनादेखी शर्माको वीरगञ्ज महानगर–६ स्थित

देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान (तस्बिरहरू)

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य

‘अब सुन्छ अमेरिका’ टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो

काठमाडौँ– फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक

नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली