शेयर बजारमा उछाल, ८४ अंकले बढ्यो, तेस्रो सर्किट लागेर बजार बन्द « Khabarhub

शेयर बजारमा उछाल, ८४ अंकले बढ्यो, तेस्रो सर्किट लागेर बजार बन्द


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ।

मौद्रिक नीति आएपछि उत्साहित शेयर बजारमा आइतवार कारोबार खुलेकै दिन उछाल आयो। आइतवार शेयर बजार परिसूचक नेप्से ६ प्रतिशत अर्थात ८४.२६ अंकले बढेपछि पूरै दिनका लागि कारोबार बन्द गरिएको छ।

कारोबार सुरु भएको ७ मिनेट नहुँदै ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेको नेप्से २० मिनेट कारोबार रोक्का भई खुल्नेबित्तकै १ मिनेटमै थप १ प्रतिशतले बढेपछि दोस्रो सर्किट लगाइएको थियो।

दोस्रो सर्किट लागेको ४० मिनेटपछि खुलेको बजार एक मिनेटमा फेरि १ प्रतिशतले बढेपछि आजका लागि पूरै कारोबार बन्द भएको हो। आइतवार नेप्से ८४.५६ अंक बढेर १४७९.०३ बिन्दुमा पुगेको छ।

आज एक सय ११ कम्पनीका एक लाख ८० हजार कित्ता शेयर ६ करोड २५ लाख रुपैयाँमा खरीद बिक्री भएका छन्। पुनर्बीमा कम्पनीको २ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आजको बजारमा २२ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ३ : ४७ बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको