राहुल गान्धीद्वारा वायानाडबाट औपचारिक रुपमै उम्मेद्वारी दर्ता « Khabarhub

राहुल गान्धीद्वारा वायानाडबाट औपचारिक रुपमै उम्मेद्वारी दर्ता


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको विपक्षी दल काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले आसन्न आम निर्वाचनका लागि दक्षिण भारतको वायानाडबाट औपचारिक रुपमा उम्मेद्वारी दर्ता गराएका छन् ।

वायानाडमै पुगेर गान्धीले उम्मेद्वारी दर्ता गराएको काँग्रेस पार्टीका महासचिव के.सी. भेणुगोपालले जनाएका छन् ।

यसअघि काँग्रेस पार्टीले सार्वजनिक गरेको उम्मेद्वारको सूचीमा अध्यक्ष गान्धीले उत्तर प्रदेशको अमेठी निर्वाचन क्षेत्रबाट मात्र उम्मेद्वारी दिने उल्लेख थियो ।

अमेठीबाट उनले सन् २००४ यता हरेक चुनावमा विजयी हुँदै आएका छन् । अमेठीमा यसपटकको निर्वाचनमा उनको प्रतिस्पर्धा वर्तमान कपडामन्त्री स्मृति इरानीसँग हुँदै छ । यसअघि सन् २०१४ मा भएको निर्वाचनमा गान्धीले इरानीलाई एक लाख भन्दा धेरै मतले पराजित गरेका थिए ।

तर, आफ्नो नेता कार्यकर्ता र समर्थकको आग्रह र मागबमोजिम गान्धीले दक्षिण भारतबाट पनि उम्मेद्वारी दिएको काँग्रेस पार्टीले जनाएको छ ।
भारतको सत्तारुढ भारतीय जनता पार्टी भाजपाले भने काँग्रेस अध्यक्ष गान्धी एक ठाउँबाट चुनावमा विजयी हुनेमा ढुक्क हुन नसकेको र अमेठीबाट डराएर दक्षिण भारतमा चुनाव लड्न जान लागेको आरोप लगाएको छ ।

भारतमा आगामी अप्रिल ११ बाट विभिन्न ७ चरणमा मे १९ सम्म आम निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  १० : ०१ बजे

आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा

कास्की – पोखरामा यही मङ्सिर १५ गतेदेखि आइटिएफ वल्र्ड टेनिस

रौतहटमा सवारी दुर्घटना: बुबाको मृत्यु, छोराछोरी घाइते

रौतहट- सवारी दुर्घटनामा परी रौतहटमा बुबाको मृत्यु भएको छ भने

चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन

सिरहा – सिरहाको धनगढीमाई, गोलबजार र मिर्चैया नगरपालिकामा पर्ने चुरे

राजनीतिक दललाई निर्वाचन आयोगको २० बुँदे निर्देशन (पूर्णपाठसहित)

काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य

संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख