राहुल गान्धीद्वारा वायानाडबाट औपचारिक रुपमै उम्मेद्वारी दर्ता « Khabarhub

राहुल गान्धीद्वारा वायानाडबाट औपचारिक रुपमै उम्मेद्वारी दर्ता


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको विपक्षी दल काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले आसन्न आम निर्वाचनका लागि दक्षिण भारतको वायानाडबाट औपचारिक रुपमा उम्मेद्वारी दर्ता गराएका छन् ।

वायानाडमै पुगेर गान्धीले उम्मेद्वारी दर्ता गराएको काँग्रेस पार्टीका महासचिव के.सी. भेणुगोपालले जनाएका छन् ।

यसअघि काँग्रेस पार्टीले सार्वजनिक गरेको उम्मेद्वारको सूचीमा अध्यक्ष गान्धीले उत्तर प्रदेशको अमेठी निर्वाचन क्षेत्रबाट मात्र उम्मेद्वारी दिने उल्लेख थियो ।

अमेठीबाट उनले सन् २००४ यता हरेक चुनावमा विजयी हुँदै आएका छन् । अमेठीमा यसपटकको निर्वाचनमा उनको प्रतिस्पर्धा वर्तमान कपडामन्त्री स्मृति इरानीसँग हुँदै छ । यसअघि सन् २०१४ मा भएको निर्वाचनमा गान्धीले इरानीलाई एक लाख भन्दा धेरै मतले पराजित गरेका थिए ।

तर, आफ्नो नेता कार्यकर्ता र समर्थकको आग्रह र मागबमोजिम गान्धीले दक्षिण भारतबाट पनि उम्मेद्वारी दिएको काँग्रेस पार्टीले जनाएको छ ।
भारतको सत्तारुढ भारतीय जनता पार्टी भाजपाले भने काँग्रेस अध्यक्ष गान्धी एक ठाउँबाट चुनावमा विजयी हुनेमा ढुक्क हुन नसकेको र अमेठीबाट डराएर दक्षिण भारतमा चुनाव लड्न जान लागेको आरोप लगाएको छ ।

भारतमा आगामी अप्रिल ११ बाट विभिन्न ७ चरणमा मे १९ सम्म आम निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  १० : ०१ बजे

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका

मेस्सीसँगको भिडन्त ‘अद्भूत’ हुनेछ: क्रिस्टियानो रोनाल्डो

ह्युस्टन – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले विश्वकपको नकआउट चरणमा लियोनेल

उपाध्यक्ष पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण : एमाले

काठमाडौँ– नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी घोर प्रतिशोधपूर्ण,

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन