म्यानमारमा हेलिकोप्टरबाट रोहिङ्ग्यामाथि आक्रमण, ५ जना मारिए « Khabarhub

म्यानमारमा हेलिकोप्टरबाट रोहिङ्ग्यामाथि आक्रमण, ५ जना मारिए


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्यान्मार– म्यान्मारको हिंसाग्रस्त रखायन राज्यमा हेलिकोप्टरले मुसलमान धर्मावलम्बी रोहिङ्ग्या सर्वसाधारणलाई आक्रमण गर्दा ५ जनाको ज्यान गएको छ ।
रखायन राज्यको बुठिडाउँ गाउँमा बाँस जम्मा पार्न भेला भएका रोहिङ्ग्या समुदायका मानिसहरुमाथि हेलिकोप्टरबाट आक्रमण भएको स्थानीय बासिन्दालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । आक्रमणमा अरु १३ जना घाइते भएका छन् ।
रखायन राज्यका मुसलमानविरुद्धको कारवाहीका क्रममा म्यानमारको सेनाले त्यस गाउँलाई सन् २०१७ मा नष्ट गरेका थिए ।
आक्रमण कसले गराएको हो भन्ने स्पष्ट नभएपनि आक्रमणमा सेनाको हात रहेको हुनसक्ने बताइएको छ ।
आक्रमणबारे सेनाले हालसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन । यद्यपि सेनाले छिटै यस घटनाबारे सत्य कुरा बाहिर ल्याउने प्रतिक्रिया दिएको रोयटर्सले जनाएको छ ।
हाल त्यस स्थानको अवस्था निकै त्रासदीपूर्ण रहेको र मानिसहरु घरबाहिर निस्कन समेत डराइरहेको बताइएको छ ।
म्यानमारको सेनाले त्यहाँ रहेका अल्पसङ्ख्यक रोहिङ्ग्या मुसलमानविरुद्ध कारवाही गर्दै आएको छ ।
सन् २०१७ मा म्यानमारको सेनाले त्यहाँ गरेको कारवाही पछि लाखौँ रोहिङ्ग्याहरु भागेर छिमेकी मुलुक बंगलादेश र अन्य मुलुकमा शरणार्थी बन्न पुगेका थिए ।
संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय संघसंगठनहरुले उक्त घटनालाई जातीय नरसंहारको संज्ञा दिँदै आएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ९ : १३ बजे

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो