स्पेनिस ला लिगा : अन्तिम खेलमा बार्सिलोनाको शानदार जीत | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : अन्तिम खेलमा बार्सिलोनाको शानदार जीत


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको यो सिजनको अन्तिम खेलमा बार्सिलोनाले अल्भासविरुद्ध शानदार जीत निकालेको छ ।

अल्भासको घरेलु मैदान मेन्डीजोरोजामा भएको खेलमा बार्सिलोनाले ५–० गोल अन्तरको जीत निकाल्दै यो सिजनको अन्त्य गरेको हो ।

ला लिगाको उपाधिबाट चुकेको बार्सिलोनाको अन्तिम खेलमा मेस्सीले दुई गोल गरे भने अंशु फाती, लुइस स्वारेज र नेल्सन सेमेडोले समान एक–एक गोल गरे ।

खेलको २४ औं मिनेटमा फातीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने मेस्सीले ३४ र ७५ औं मिनेटमा गोल गर्दा स्वारेजले ४४ औं र सेमेडोले ५७ औं मिनेटमा गोल गरेका थिए ।

अन्तिम खेलमा दुई गोल गरेका मेस्सीले ला लिगाको यो सिजनमा २५ गोल गरेका छन् ।

बार्सिलोनाले पछिल्लो १३ वर्षमा ५ पटक ला लिगाको उपाधि हात पारेको थियो । तर यो सिजनको ला लिगाको उपाधि एक खेल अगावै रियल मड्रिडले उचालिसकेको छ ।

मेस्सीलाई अवार्ड

ला लिगाको शीर्ष गोल कर्ता बनेका मेस्सीले स्पेनिस पत्रिका मार्काले वर्षेनी प्रदान गर्ने पीचीची अवार्ड पाएका छन् ।

यो सँगै उनले सात पटक यो अवार्ड जित्दै ला लिगामा कीर्तिमान बनाएका छन् । सय वर्षमा यो अवार्ड अहिलेसम्म कसैले पनि सात पटक पाएका छैनन् ।

क्लबले उपाधि नजित्दा आफूले पाउने यस्ता अवार्डले कुनै महत्व नराख्ने मेस्सीले बताउँदै आएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १० : ५२ बजे

विश्वकर्मा पूजाका लागि मूर्तिहरू तयार (तस्बिरहरू)

काठमाडौं– भोलि पर्न गइरहेको विश्वकर्मा पूजाका लागि माटोका मूर्ति बनाउने

अर्थमन्त्रीद्वारा निजी क्षेत्रसँग छलफल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्

निषेधाज्ञा हटाएपछि जनजीवन सामान्य

सुदूरपश्चिम– जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा आजदेखि हटाएको

निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु

काठमाडौं– प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति

बिर्तामोड नगरपालिकामा सरसफाइ

बिर्तामोड– जेन-जी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको बिर्तामोड नगरपालिका कार्यालयमा आजदेखि