चेल्सी एफए कपको फाइनलमा | Khabarhub Khabarhub

चेल्सी एफए कपको फाइनलमा


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

वेम्बली स्टेडियममा आइतबार राति भएको दोस्रो सेमिफाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै चेल्सी फाइनलमा पुगेको हो ।

चेल्सीलाई जीत दिलाउन ओलिभर जिरुड र मासन माउन्टले एकएक गोल गरे । युनाइटेडका कप्तान ह्यारी मग्वाएरले एक आत्मघाती गोल गर्दा ब्रुनो फर्नान्डेसले एक गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ४६औं मिनेटमा माउन्टले गोल गर्दा चेल्सीको अग्रता २-० को बन्यो ।

खेलको ७४औं मिनेटमा युनाइटेडका मग्वाएरले आत्मघाती गोल गर्दा चेल्सीले ३-० को अग्रता बनायो ।

त्यसपछि खेलको ८६औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा एक गोल फर्काएपनि चेल्सी ३-१ ले विजयी भयो ।

अब चेल्सीले उपाधिका लागि आर्सनलसँग अगष्ट १ मा वेम्बलीमा खेल्नेछ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ६ : ०६ बजे

डोनबास रुसलाई दिने कुरा स्वीकार्य हुँदैन : जेलेन्स्की

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध विरामका लागि डोनबास

चार दिनपछि खुल्यो कालीगण्डकी करिडोर

बागलुङ – चट्टानसहितको ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको कालीगण्डकी करिडोरको

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन २८ गते बुधबार। भाद्र

आज २०८२ साल साउन २८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २८ गते बुधबार। भाद्र