अधिकांश स्थानमा रातिदेखि लगातार वर्षा,  दिउँसो भारी वर्षा हुने पूर्वानुमान « Khabarhub

अधिकांश स्थानमा रातिदेखि लगातार वर्षा,  दिउँसो भारी वर्षा हुने पूर्वानुमान

ठाउँठाउँमा बाढीपहिरो र डुबानको अलर्ट जारी


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनसुनी वायु सक्रिय रहँदा रातिदेखि मुलुकका अधिकांश स्थानमा लागातार वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार रातिदेखि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । एकाध ठाउँमा भने भारी वर्षा पनि मापन गरिएको छ ।

बारा, पर्सा र रौतहटका धेरै स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै विभागले एसएमएसमार्फत पनि सन्देश पठाएर अलर्ट गराएको छ । विभागले त्यस क्षेत्रका नदी किनार र डुवान भईरहने होचा स्थानमा दिउँसो सम्म सतर्क अपनाउँन आग्रह गरेको छ ।

पश्चिम राप्ती, बाँकेको ढेकरी र आसपास भारी वर्षा भएको तथा थप वर्षा हुन सक्ने भएकाले डुडवा खोला, राप्ती नदी आसपासका क्षेत्रमा पनि सतर्क रहन आह्वान गरिएको छ ।

यस्तै परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीको धेरै स्थानमा पनि भारी वर्षा मापन भएको विभागले जनाएको छ । त्यस क्षेत्रमा थप वर्षा हुन सक्ने भएकाले आरूण खोला, गिरूवारी खोला र नवलपरासीको साना नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ ।

डडेल्धुरा जिल्ला रंघुन -पन्टुरागाड नदीजलाधारमा अति भारी वर्षा मापन भएपछि विभागले एसएमएस पठाएर अलर्ट गराएको छ ।

त्यस क्षेत्रमा थप बर्षा हुने भएकाले रंघुनको महाकाली दोभान सम्मको क्षेत्रमा खतरा आसपासको बाढीको सम्भावना भएकाले तटीय क्षेत्रमा उच्च सतर्कताका लागि आह्वान गरिएको विभागले जनाएको छ ।

विभागले सोमबार बिहान ६ बजे जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार मुलुकभर बुधबारसम्म वर्षा भइरहने पूर्वानुमान गरिएको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५,  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

 

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ६ : ४० बजे

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने

प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा