चीनले उइगर मुसलमान समुदायमाथिको दमन नरोके प्रतिबन्ध लगाउने बेलायतको चेतावनी « Khabarhub

चीनले उइगर मुसलमान समुदायमाथिको दमन नरोके प्रतिबन्ध लगाउने बेलायतको चेतावनी


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अल्पसंख्यक उइगर मुसलमान समुदायमाथि चीनले गरिरहेको चरम दमन नरोको उसलाई प्रतिबन्ध लगाउने  बेलायतले चेतावनी दिएको छ ।

बेलायतका विदेश सचिव डोमिनिक रावले बीबीसीसँगको कुराकानीमा अल्पसंख्यक उइगर मुसलमान समुदायको चरम मानवअधिकार हनन् गरिएको आरोप लगाएका छन् ।

चीनले आफ्ना गतिविधि तत्काल सुधार नगरे चीनमाथि प्रतिबन्धहरु लगाउनेसमेत उनले चेतावनी दिएका छन् ।

लामो समयदेखि चीनले अल्पसंख्यकहरुमाथि दमन गरेका प्रतिवेदनहरु सार्वजनिक भएपनि त्यस्ता व्यवहारमा सुधार नल्याएको डोमिनिकको आरोप छ ।

बेलायतका लागि चिनियाँ राजदूत लियू सियामिङले भने विदेश सचिव डोमिनिकको आरोपको खण्डन गर्दै त्यसलाई पुष्टि गर्न चुनौती दिएका छन् ।

बेलायतका केही सञ्चारमध्यमले उइगर मुसलमानहरुलाई चीनको सिनजियाङ प्रान्तमा रहेका शिविरमा राखेर चरम यातान दिएको भिडियो सार्वजनिक गरेको बताइएपनि त्यसको स्वतन्त्र रुपमा पुष्टि हुन नसकेको बीबीसीले उल्लेख गरेको छ ।

चीनले अल्पसंख्यक समुदायको जनसंख्या नियन्त्रण गर्न भन्दै महिला तथा पुरुषहरूलाई अनुमति बिना परिवारनियोजन गर्ने गरेको आरोप लागेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ८ : ३४ बजे

तत्काल बजार भाउ घटाउन मन्त्री यादवको कडा निर्देशन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न

प्रतिनिधिसभामा बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल

काठमाडौं-प्रतिनिधिसभाको आजको बैठकमा ‘बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ र

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै

ढाका- साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले पठाएको औपचारिक निमन्त्रणा

सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आइतबार नरदेवी आयुर्वेद