चीनले उइगर मुसलमान समुदायमाथिको दमन नरोके प्रतिबन्ध लगाउने बेलायतको चेतावनी « Khabarhub

चीनले उइगर मुसलमान समुदायमाथिको दमन नरोके प्रतिबन्ध लगाउने बेलायतको चेतावनी


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अल्पसंख्यक उइगर मुसलमान समुदायमाथि चीनले गरिरहेको चरम दमन नरोको उसलाई प्रतिबन्ध लगाउने  बेलायतले चेतावनी दिएको छ ।

बेलायतका विदेश सचिव डोमिनिक रावले बीबीसीसँगको कुराकानीमा अल्पसंख्यक उइगर मुसलमान समुदायको चरम मानवअधिकार हनन् गरिएको आरोप लगाएका छन् ।

चीनले आफ्ना गतिविधि तत्काल सुधार नगरे चीनमाथि प्रतिबन्धहरु लगाउनेसमेत उनले चेतावनी दिएका छन् ।

लामो समयदेखि चीनले अल्पसंख्यकहरुमाथि दमन गरेका प्रतिवेदनहरु सार्वजनिक भएपनि त्यस्ता व्यवहारमा सुधार नल्याएको डोमिनिकको आरोप छ ।

बेलायतका लागि चिनियाँ राजदूत लियू सियामिङले भने विदेश सचिव डोमिनिकको आरोपको खण्डन गर्दै त्यसलाई पुष्टि गर्न चुनौती दिएका छन् ।

बेलायतका केही सञ्चारमध्यमले उइगर मुसलमानहरुलाई चीनको सिनजियाङ प्रान्तमा रहेका शिविरमा राखेर चरम यातान दिएको भिडियो सार्वजनिक गरेको बताइएपनि त्यसको स्वतन्त्र रुपमा पुष्टि हुन नसकेको बीबीसीले उल्लेख गरेको छ ।

चीनले अल्पसंख्यक समुदायको जनसंख्या नियन्त्रण गर्न भन्दै महिला तथा पुरुषहरूलाई अनुमति बिना परिवारनियोजन गर्ने गरेको आरोप लागेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ८ : ३४ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात