बाढीले मोवाखोला पुल भत्कायो, पृथ्वी राजमार्ग अवरुद्ध « Khabarhub

बाढीले मोवाखोला पुल भत्कायो, पृथ्वी राजमार्ग अवरुद्ध


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अविरल वर्षाका कारण धादिङमा गएको पहिरो र बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । धादिङका झण्डै डेढ दर्जन ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

यस्तै बाढीका कारण धादिङ चितवन सीमानामा रहेको मोवाखोला पुल भत्किएको छ । धादिङको बोनिघाट रोराङ गाउँपालिका-१० र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने पुल भत्किँदा समस्या भएको छ ।

खोलाले सडक बगाएपछि राजमार्ग पूर्ण रुपमा ठप्प छ । मौवा खोलाले सडक कटान गरेपछि पुलसमेत जोखिममा छ ।

बाह्र मिटर पुलको एप्रोच सडकको भाग बाढीले बगाएको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर शिव खनालले जानकारी दिए । उनले जति सक्दो छिटो सडक मर्मत गरी यातायात सञ्चालनको प्रयास गरिने बताए ।

जोगिमारा प्रहरी कार्यालयका हवल्दार उपेन्द्र श्रेष्ठले दिउँसो पुल भासिएर मानिससमेत हिँड्न नसक्ने भएको बताए । उनले वैकल्पिक उपाय नखोजेसम्म तत्काल सडक सञ्चालनको सम्भावना नरहेको समेत बताए ।

इलाका प्रहरी कार्यालय गजुरीले नजिकैको ठाडो खोलाले टिपर समेत बगाएको जनाएको छ ।

दुई दिनदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको बैरेनी, चालिसे, छहरे लगायतका क्षेत्रमा राजमार्ग भन्दा माथिबाट लेदो माटो आएर पहिरो खसेको छ ।

यता बेनीघाट रोराङ गाउँपालिका १० मा पहिरो खस्दा तीन सवारी साधन पुरिएका छन् भने एक जना बेपत्ता भएका छन् । गजुरी गाउँपालिकाको मलेखु बजार नजिक पहिरोले २ वटा घरमा क्षति पुर्‍याउँदा १ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

ठाउँठाउँमा सडक माथिबाट खसेको लेदो माटोसहितको पहिरो हटाउने प्रयास भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ५ : २९ बजे

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा