इङ्ग्लिस प्रिमियर लिग : क्लबमा खेलाडी भित्र्याउने एजेन्ट रकम बढ्यो « Khabarhub

इङ्ग्लिस प्रिमियर लिग : क्लबमा खेलाडी भित्र्याउने एजेन्ट रकम बढ्यो


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–इङिग्लस प्रिमियर लिग फुटबल क्लबहरुले खेलाडीलाई टिममा भित्र्याउँदा ‘एजेण्ट’ले पाउने रकममा वृद्धि भएको छ । ट्रान्सफर मार्केटले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कमा प्रिमियर लिगमा खेलाडीको व्यवस्थापन गरेवापत एजेण्टले पाउने रकम पछिल्लो १२ महिनामा अत्यधिक वृद्धि भएको हो ।

सार्वजनिक भएको तथ्याङ्क अनुसार प्रिमियर लिग क्लबहरुले एजेण्टका लागि सन् २०१८—१९ को सिजनमा २६० मिलियन पाउण्ड खर्च गरेको भेटिएको छ । जुन यसअघिका वर्षहरुमा भन्दा ४९ मिलियन पाउण्ड धेरै हो ।

सन् २०१८ फ्रेब्रुअरीदेखि ३१ जनवरी २०१९ सम्म प्रिमियर लिग क्लब लिभरपुलले एजेन्टका लागि धेरै खर्च गरेको छ । जसमा लिभरपुलले ४३ मिलियन पाउण्ड एजेण्टका लागि खर्च गरेको हो ।

यस्तै चेल्सीले २६ मिलियन पाउण्ड खर्च गर्दा म्यानचेस्टर सिटीले २४ मिलियन पाउण्ड खर्च गरेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडले २० मिलियन पाउण्ड खर्चदा आर्सनल र टोटेनह्यामले समान ११—११ मिलियन पाउण्ड खर्च गरेको देखिएको छ ।

यस्तै, च्याम्पियनसिप क्लबहरुले समग्रमा ५० मिलियनको हाराहारीमा एजेन्टका लागि खर्च गरेका छन् भने जुन खर्च यसअघिका वर्षभन्दा ८ मिलियन बढी हो ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  १० : ०० बजे

सरकारी अस्पतालमा सेवा लिनै सास्ती, भरतपुरमा बिरामीको भीड (तस्बिरहरू)

चितवन– चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द

अमरेशको प्रश्न- प्रहरीले मधेशका आन्दोलनकारीमाथि किन सिधै गोली चलाएको हो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा

अर्का घाइते रवीन्द्रको मृत्युपछि आन्दोलनमा उत्रिए कप्तानगञ्जबासी, रुख ढालेर सडकमा अवरोध

सुनसरी- जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा गत १० गते (आइतबार) राति

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत

गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’