खेलमा फर्किन पाउने भएपछि खेलाडीहरू खुसी « Khabarhub

खेलमा फर्किन पाउने भएपछि खेलाडीहरू खुसी



काठमाडौं– सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण सुरु गर्ने अनुमति दिएपछि खेलाडीहरूले राहत महसुस भएको प्रतिक्रिया दिएका छन् ।

नोबेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्न थालेछि फागुन अन्तिम सातादेखि सरकारले खेल गतिविधि बन्द गराएको थियो । यसपछि खेलाडीहरू घरमा बस्न बाध्य थिए । चार महिनाभन्दा धेरै समय मैदानबाट टाढा रहेका खेलाडीहरू अभ्यासमा फर्किन आतुर देखिएका छन् ।

कोरोना संक्रमणको जोखिम कम नभएकाले सर्तकताका साथ अभ्यासमा जुट्ने योजनामा रहेका खेलाडीहरूलाई सरकारको निर्णयले राहत दिएको छ ।

दिनभर मैदानमा हुनुपर्ने खेलाडी चार महिनादेखि घरमा बस्नु पर्दा फिटनेस र सामूहिक अभ्यासमा असर परेको राष्ट्रिय फूटबल टोलीका गोलरक्षक विकेश कुथुको भनाइ छ । उनले भने, ‘सरकारको निर्णयले केही राहत महसुस भएको छ ।’

विकेशजस्तै राष्ट्रिय भलिबल टोलीका खेलाडी टेकबहादुर अवस्थी, कराते खेलाडी अनु अधिकारी र भारत्तोलनकी सञ्जु चौधरी सरकारको निर्णयले राहत महसुस भएको भन्दै खुसी प्रकट गर्छन् ।

कोरोना भाइरसको जोखिम कम हुँदै गएपछि विदेशतिर पनि एकपछि अर्को गर्दै खेलकुद गतिविधि सुरु भएका छन् । दक्षिण एसियाली क्षेत्रमा नेपाली खेलकुदमात्रै ठप्प छ । अन्य देशहरूमा टोकियो ओलम्पिकका लागि खेलाडीहरूलाई अभ्यासमा फर्काइएको छ ।

तह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा करातेकी पदक विजेता अनु अधिकारी असारदेखि नै अभ्यासमा फर्किएकी छन् । सरकारले खेलकुद गतिविधि सुरु गर्ने निर्णय गरेकोले आशा जागेको उनले बताइन् । उनले भनिन् ‘सरकारले खेल गतिविधि खुला गर्ने निर्णय गरेको छ । अब प्रतियोगिताहरू हुने अपेक्षा गरेकी छु ।’

लामो समयमा घरमा बस्दा खेलमा फर्किन झण्डै एक महिना लागेको अनुको अनुभव छ । अहिले उनी पुरानो लयमा फर्किसकेको उनले बताइन् । उनले भनिन्, ‘अभ्यास सुरु भएको एक महिना हुन लाग्यो । पुरानो लयमा फर्केकेको महसुस भइरहेको छ ।’

भलिबल खेलाडी टेकबहादुर कोर्टमा फर्किन आतुर छन् । घरमा बस्दा फिटनेसका लागि धेरै काम गर्न नसकेको उनले बताए ।

गत वर्ष नेपालमा भएको एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा राष्ट्रिय टोलीबाट डेब्यु गरेका टेकबहादुरले सरकारको निर्णयले राहत मिलेको बताए । पहिलेकै जसरी खेल्न त झण्डै एक वर्ष मेहनत गर्नुपर्छ भन्ने उनलाई लागेको छ ।

विभागीय युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बनाउने मापदण्ड अनुसार खेलाडीहरू खेलमा फर्किने छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ८ : १७ बजे

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७