फ्राइडे रिलिज: प्रदीप र जसिताको ‘लभ स्टेशन’ सोलो रिलिज | Khabarhub Khabarhub

फ्राइडे रिलिज: प्रदीप र जसिताको ‘लभ स्टेशन’ सोलो रिलिज


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रबारदेखि नेपालभर चलचित्र ‘लभ स्टेशन’ प्रदर्शनमा आएको छ । युवा दर्शकमाझ लोकप्रिय अभिनेता प्रदीप खड्का र जसिता गुरुङको जोडी रहेको यो फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

विशुद्ध लभस्टोरी यो फिल्ममा प्रदीप खड्का लभ गुरुको चरित्रमा देखिएका छन् भने प्रदीप र जसिताको प्रेमलाई फिल्ममा देखाइएको छ । फिल्मले ट्रेलर तथा गीतबाट भने राम्रै हाइप बनाएको छ ।

काफिया फिल्मको ब्यानरमा निर्माण भएको यो फिल्म नेपालका विभिन्न स्थानसँगै दार्जिलिङ आसपासमा समेत खिचिएको छ ।

सुवास सिंह बस्नेतको लेखन रहेको फिल्मलाई गोविन्द शाही, किशु शाही र कविर विक्रम शाहीले निर्माण गरेका हुन् ।

तस्वीर – निर्माण टिम

साथै फिल्ममा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, कुमार श्रेष्ठको एक्सन तथा आलोक शुक्लाको डीओपी छ ।

यस्तै ‘लभ स्टेशन’ मा प्रदीप र जसिताका अलावा रमेश बुढाथोकी, सिरु विष्ट, रवि डंगोल, प्रिया रिजाल, प्रकाश शाह, दिनेश काफ्ले लगायतले अभिनय गरेका छन् ।

यता फिल्म ‘क्याप्टेन मार्भल’ पनि आजै रिलिज हुँदा ‘लभ स्टेशन’ लाई केही घाटा देखिएको छ । यद्यपि शोका हिसाबले ‘लभ स्टेशन’ ले मल्टिप्लेक्स हलमा धेरै शो पाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ११ : २५ बजे

विपन्नलाई निःशुल्क दाँतको ‘इम्प्लान्ट’

चितवन–  यहाँको डा अजय एण्ड डा सरु फाउन्डेसन र बायोहोराइजनको सहयोगमा

प्रि-ओपन सेसन अपडेड : नेप्से झिनो अंकले बढ्यो

काठमाडौं– आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४८ अंकले

शिव श्री हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने 

काठमाडौं– शिव श्री हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको

सुनको मूल्य तोलामै ७०० रुपैयाँले घट्यो, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न

छ्याङ्दी हाइड्रोपावरको शेयर लिलामीमा प्रतिकित्ता २६६ रुपैयाँले बिक्री

काठमाडौं– छ्याङ्दी हाइड्रोपावर लिमिटेडको बिक्री नभएको हकप्रद शेयर लिलामी प्रक्रियाबाट