फ्राइडे रिलिज: प्रदीप र जसिताको ‘लभ स्टेशन’ सोलो रिलिज « Khabarhub

फ्राइडे रिलिज: प्रदीप र जसिताको ‘लभ स्टेशन’ सोलो रिलिज


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रबारदेखि नेपालभर चलचित्र ‘लभ स्टेशन’ प्रदर्शनमा आएको छ । युवा दर्शकमाझ लोकप्रिय अभिनेता प्रदीप खड्का र जसिता गुरुङको जोडी रहेको यो फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

विशुद्ध लभस्टोरी यो फिल्ममा प्रदीप खड्का लभ गुरुको चरित्रमा देखिएका छन् भने प्रदीप र जसिताको प्रेमलाई फिल्ममा देखाइएको छ । फिल्मले ट्रेलर तथा गीतबाट भने राम्रै हाइप बनाएको छ ।

काफिया फिल्मको ब्यानरमा निर्माण भएको यो फिल्म नेपालका विभिन्न स्थानसँगै दार्जिलिङ आसपासमा समेत खिचिएको छ ।

सुवास सिंह बस्नेतको लेखन रहेको फिल्मलाई गोविन्द शाही, किशु शाही र कविर विक्रम शाहीले निर्माण गरेका हुन् ।

तस्वीर – निर्माण टिम

साथै फिल्ममा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, कुमार श्रेष्ठको एक्सन तथा आलोक शुक्लाको डीओपी छ ।

यस्तै ‘लभ स्टेशन’ मा प्रदीप र जसिताका अलावा रमेश बुढाथोकी, सिरु विष्ट, रवि डंगोल, प्रिया रिजाल, प्रकाश शाह, दिनेश काफ्ले लगायतले अभिनय गरेका छन् ।

यता फिल्म ‘क्याप्टेन मार्भल’ पनि आजै रिलिज हुँदा ‘लभ स्टेशन’ लाई केही घाटा देखिएको छ । यद्यपि शोका हिसाबले ‘लभ स्टेशन’ ले मल्टिप्लेक्स हलमा धेरै शो पाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ११ : २५ बजे

एनआरएनए र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली

स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ६ करोडभन्दा बढीको दावी भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले देशभरका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान