क्रिएशन र कोका-कोलाद्वारा ३२०० बढी सफाईकर्मीहरुलाई सहयोग « Khabarhub

क्रिएशन र कोका-कोलाद्वारा ३२०० बढी सफाईकर्मीहरुलाई सहयोग


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्रिएशनको पहल र द कोका-कोला नेपालको समर्थनमा कोभिड-१९ महामारीमा पनि अग्रपंतिमा खटिएका सफाईकर्मीहरुको सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्दै ३२०० सफाईकर्मीहरुलाई राशन र सुरक्षा सामग्री प्रदान गर्ने लक्ष्य सफलतापूर्वक सम्पन्न गरिएको छ ।

जसअन्तर्गत देशभरका ३२१२ सफाईकर्मीलाई सुरक्षा सामग्री, राशन प्याकेज प्रदान गर्दैक सुरक्षा जागरुकता कार्यक्रम संचालन गरिएको हो ।

कोभिड-१९ महामारीमा अग्रपतिंमा खटिएका सफाईकर्मीहरुलाई सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्न प्रतिकृयाको रुपमा क्रिएशन र कोका-कोला नेपालको संयुक्त पहलमा सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट जेठ २ गतेबाट शुरु गरिएको हो ।

यसअन्तर्गत अन्तिम चरणको वितरण कार्यक्रम सिराहमा सम्पन्न भएका छ । जहाँ ३७० सफाईकर्मीलाई गुणस्तरीय राशनको ३०० प्याकेज, औषधी, जागरुकता सामग्री र ग्लभ्स,बुट, पीपीई लगायत सुरक्षा सामग्रीहरु वितरण गरिएको थियो ।

राहत वितरणका साथै चिकित्सा परामर्श र सामान्य स्वच्छता जागरुकता समेत प्रदान गरिएको थियो । उक्त कार्यक्रम सो क्षेत्रका स्थानीय सरकारी अधिकारीहरुको उपस्थितिमा आयोजना गरिएको थियो ।

यसबाहेक, टोलीले भक्तपुर अस्पतालको आइशोलेशन वार्डमा कार्यरत सफाईकर्मीका लागि अस्पताल जागरुकता सत्र आयोजना गरेको छ । उक्त जागरुकता सत्र टोलीका चिकित्सा अधिकारी डा.निमेश खनालको नेतृत्वमा ३० भन्दा सफाईकर्मीहरुलाई प्रदान गरिएको थियो ।

सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट गत हप्ता सम्पन्न भएको हो जसअन्तर्गत सफलतापूर्वक ६४ वटा राहत वितरण कार्यक्रम आयोजना गरिएको छ भने ३२१२ जना सफाईकर्मीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

यस अवधिमा, हरेक परिवारका ५ जना सदस्यलाई १ महिना सम्मका लागि पुग्ने राशन वितरण गरिएको थियो । यसका साथै ७७० सुरक्षा सामग्री वितरण गर्नुका साथ जागरुकता कार्यक्रम र चिकित्सा परामर्श प्रदान गरिएको थियो ।

यस परियोजनाको लक्ष्य कोभिड-१९ महामारी विरुद्ध लड्ने र नेपालभरका ३२०० सफाईकर्मीलाई सकारात्मक लाभ प्रदान गर्ने रहेको थियो ।

परियोजना अन्तर्गत काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, पर्सा, सप्तरी र सिराह जिल्लामा वितरण कार्यक्रम सम्पन्न भइसकेको छ । उक्त टोली हाल अनुगमन र परियोजना कार्यान्वयनको प्रभावहरु र यस परियोजनाबाट कति लाभार्थीहरु लाभान्वित भए भन्ने बुझ्न लागी परेको छ ।

जारी परियोजनाका बारेमा क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले भने, “कोभिड-१९ को प्रतिकृयाका रुपमा शुरु गरिएको सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट महामारीको समयमा सफाईकर्मीहरुको योगदानलाई कदर र सम्मान गर्न महत्वपूर्ण पहल थियो । सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टमार्फत सम्पन्न भएपनि उनीहरुको सुरक्षा र भलाईका लागि हाम्रो प्रयास जारी रहनेछ ।”

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने , “क्रिएशनसंगको यो पहल कोका-कोला नेपालको कोभिड विरुद्ध लड्न रु ८ करोड सहयोग गर्ने प्रतिबद्धताको एक हिस्सा हो । हामी खुशी छौं कि हामीले ३२०० सफाईकर्मीमाँझ पुग्ने प्रतिबद्धता पूरा गरेका छौं र हामी आशा गर्दछौं कि हाम्रो राहत प्रयासले यस कठिन समयमा उनीहरुलाई सहयोग गरेको छ । उनीहरुले हाम्रो र वातावरणको सेवाका लागि गरेका सम्पूर्ण कामप्रति हामी आभारी छौं ।”

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ५ : ५१ बजे

डडेल्धुरा गएनन् सागर, गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीसँग रास्वपाबाट प्रतिस्पर्धा गर्ने

काठमाडौं- २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा

ट्रम्पको ‘शान्ति समिति’ मा पुटिनलाई निमन्त्रणा

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको ‘शान्ति समिति’

रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्रीले दिए राजीनामा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा

‘अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि’

एजेन्सी – अष्ट्रेलियाका ४८ अर्बपतिहरूको कुल सम्पत्ति देशको ४० प्रतिशत

गगनले बाँडिसके हिमाली र उच्च पहाडी जिल्लाका २० क्षेत्रका लागि कांग्रेसको टिकट

काठमाडौं- नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन