राखेप सदस्य सचिवका लागि तीन जना सिफारिस « Khabarhub

राखेप सदस्य सचिवका लागि तीन जना सिफारिस


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका लागि सिफारिस समितिले रमेश कुमार सिलवाल, लिल बहादुर थापा मगर र अन्जु श्रेष्ठको नाम सिफारिस गरेको छ।

बुधबार सदस्य सचिव सिफारिस समितिले युवा तथा खेलकुद मन्त्री समक्ष तीन जनाको नाम सिफारिस गरेको हो।

सिफारिस भएका सिलवाल निवर्तमान सदस्य सचिव हुन् भने थापा मगर नेकपाका केन्द्रीय सदस्य हुन्। यता महिला सदस्यबाट सिफारिस भएका अन्जु राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान हुन्।

सिफारिस समितिले बुधबारमात्रै तीन जनाको नाम सिफारिस गरेको स्रोतले जनाएको छ । समितिले वणानुक्रम अनुसार अन्जु श्रेष्ठ, रमेश कुमार सिलवाल र लिल बहादुर थापा मगरलाई सिफारिस गरेको हो ।

६ पटकसम्म बैठक बसेर तीन जनाको नाम सिफारिस गरेको स्रोतले जनाएको छ । तीनै जनाको नाम आज मात्रै मन्त्री समक्ष पुगेको छ ।

अब बस्ने मन्त्रिपरिषद्ले तीन जनामध्ये एक जनालाई राखेप सदस्य सचिवमा नियुक्ति गर्नेछ। सदस्य सचिवका लागि २७ जनाले मन्त्रालयमा आवेदन बुझाएका थिए।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ६ : ५७ बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै