माल्टामा गठन भयो ‘झापाली समाज’ « Khabarhub

माल्टामा गठन भयो ‘झापाली समाज’


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माल्टा । युरोपेली मुलुक माल्टाका कार्यरत तथा बसोवास गर्दै आएका झापाबासीले झापाली समाज माल्टा गठन गरेका छन् ।

गत २१ जुलाईमा भएको भर्चुअल भेलाले झापा समाज माल्टाको १३ सदस्यीय तदर्थ समिति गठन गरेको नवगठित समितिका उपसंयोगक लोकराज पौडेलले जानकारी दिए ।

भेलाले १३ सदस्यीय तदर्थ समिति र तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । शर्मिला बस्‍नेत संयोजकत्वमा गठित समितिको उपसंयोजकमा लोकराज पौडेल र सदस्यहरुमा क्रमशः उपेन गिरी, प्रबिण थापा, द्रोणकुमार घिमिरे, मुक्ति पुरी, शुष्मा कार्की, रमेश चापागाईं, रोसन आचार्य, पार्बाता उप्रेती, निशा सुवेदी, मनेज बस्नेत, पिंकुर तामाङ, नबिन भट्टराई र योगेश खडका छन् ।

त्यस्तै तेजबहादुर लिम्बुको संयोजकत्वमा चयन गरिएको सल्लाहकार समितिमा नबिन गिरी र राजिब दाहाल सल्लाहकार छन् ।

माल्टामा कार्यरत झापाबासीहरुबीच भाइचारा र आपसी सम्पर्क बढाइ पारस्परिक सद्‌भाव वृद्धि गर्ने, समस्यामा परेका नेपालीहरुलाई आर्थिक, नैतिक तथा मानवीय सहयोग गर्ने, नेपाल, नेपाली र झापा जिल्लाको पहिचान गर्ने विभिन्‍न सामाजिक, सांस्कृतिक, खेलकुद, आर्थिक र मनोरञ्‍जनात्मक गतिविधि गर्ने लक्ष्यका साथ समाजको स्थापना गरिएको संयोजक शर्मिला बस्नेतले बताइन ।

माल्टामा कार्यरत विभिन्‍न पेसामा आवद्ध झापाबासीहरुको विवरण तथा लगत तयार पार्ने तथा त्यसको आधारमा सदस्यहरको व्यावसायिक ज्ञान वृद्धि गर्ने तथा उद्यमशिल गतिविधि गर्न सहजिकरण गर्ने झापा समाज माल्टाका उपसंयोजक पौडेलले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ९ : २० बजे

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र