माल्टामा गठन भयो 'झापाली समाज' | Khabarhub Khabarhub

माल्टामा गठन भयो ‘झापाली समाज’


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माल्टा । युरोपेली मुलुक माल्टाका कार्यरत तथा बसोवास गर्दै आएका झापाबासीले झापाली समाज माल्टा गठन गरेका छन् ।

गत २१ जुलाईमा भएको भर्चुअल भेलाले झापा समाज माल्टाको १३ सदस्यीय तदर्थ समिति गठन गरेको नवगठित समितिका उपसंयोगक लोकराज पौडेलले जानकारी दिए ।

भेलाले १३ सदस्यीय तदर्थ समिति र तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । शर्मिला बस्‍नेत संयोजकत्वमा गठित समितिको उपसंयोजकमा लोकराज पौडेल र सदस्यहरुमा क्रमशः उपेन गिरी, प्रबिण थापा, द्रोणकुमार घिमिरे, मुक्ति पुरी, शुष्मा कार्की, रमेश चापागाईं, रोसन आचार्य, पार्बाता उप्रेती, निशा सुवेदी, मनेज बस्नेत, पिंकुर तामाङ, नबिन भट्टराई र योगेश खडका छन् ।

त्यस्तै तेजबहादुर लिम्बुको संयोजकत्वमा चयन गरिएको सल्लाहकार समितिमा नबिन गिरी र राजिब दाहाल सल्लाहकार छन् ।

माल्टामा कार्यरत झापाबासीहरुबीच भाइचारा र आपसी सम्पर्क बढाइ पारस्परिक सद्‌भाव वृद्धि गर्ने, समस्यामा परेका नेपालीहरुलाई आर्थिक, नैतिक तथा मानवीय सहयोग गर्ने, नेपाल, नेपाली र झापा जिल्लाको पहिचान गर्ने विभिन्‍न सामाजिक, सांस्कृतिक, खेलकुद, आर्थिक र मनोरञ्‍जनात्मक गतिविधि गर्ने लक्ष्यका साथ समाजको स्थापना गरिएको संयोजक शर्मिला बस्नेतले बताइन ।

माल्टामा कार्यरत विभिन्‍न पेसामा आवद्ध झापाबासीहरुको विवरण तथा लगत तयार पार्ने तथा त्यसको आधारमा सदस्यहरको व्यावसायिक ज्ञान वृद्धि गर्ने तथा उद्यमशिल गतिविधि गर्न सहजिकरण गर्ने झापा समाज माल्टाका उपसंयोजक पौडेलले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ९ : २० बजे

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज