अफगानिस्तानमा तालिवानसँग भिडन्त, ६६ मारिए | Khabarhub Khabarhub

अफगानिस्तानमा तालिवानसँग भिडन्त, ६६ मारिए


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानको बदघीस प्रान्तमा इस्लामिक लडाकु समूह तालिबान र अफगान फौजबीच भिडन्त भएको छ । भिडन्तमा ६६ जनाको ज्यान गएको छ ।

सयौँको सङ्ख्यामा आएका तालिबान लडाकुले बदघीस प्रान्तको बाला मुरघब जिल्लामा सरकारी सुरक्षाकर्मीलाई लक्षित आक्रमण गरेपछि भिडन्त भएको हो । भिडन्तमा मारिनेमा ३६ सरकारी सुरक्षाकर्मी रहेको तालिवानको दाबी छ ।

अफगान सेनाले भने आक्रमणमा ३० तालिबान लडाकु पनि मारिएको जनाएको छ । भिडन्तमा अरु दर्जनौँ घाइते भएका छन् । आक्रमणका क्रममा तालिवानले त्यस जिल्लाका केही सुरक्षा जाँच चौकी पनि कब्जामा लिएको जनाएको छ ।

यता अफगान रक्षामन्त्रालयले भने सर्वसाधारणको हताहती नहोस् भन्नाका लागि त्यस क्षेत्रबाट सामरिक रुपमा पछि हटेको जनाएको छ । पछिल्ला दुई महिनायता बदघीस प्रान्त र बाला मुरघब जिल्लामा तालिवान र सुरक्षा फौजबीच भिडन्त हुदै आएका छन्।

तालिवान र अमेरिकाबीच शान्ति वार्ताको क्रम जारी रहेका बेला तालिवानले वार्ताका क्रममा आफ्नो पक्ष बलियो बनाउनका लागि सरकारी सुरक्षाकर्मीविरुद्ध आक्रमण भएको हुनसक्ने अनुमान छ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  १२ : ०९ बजे

आन्दोलनपछि भक्तपुरका प्रशासनिक कार्यालयले पुनः सेवा सञ्चालन थाले

भक्तपुर – जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला

सिरहामा ३७ वटा भौतिक संरचनामा क्षति

सिरहा – जेनजी आन्दोलनका क्रममा जिल्लामा १२ स्थानीय तहका कार्यालयसहित

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने

काठमाडौं – नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी जेनजी

इरानसँगको नयाँ सम्झौता कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

भियना– संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी गर्ने निकायका प्रमुखले सोमबार इरानसँग