नन्दिताको कमब्याक फिल्म हलमा नलागी सीधै युट्युबमा « Khabarhub

नन्दिताको कमब्याक फिल्म हलमा नलागी सीधै युट्युबमा


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक जमानाकी व्यस्त नायिका नन्दिता केसी अमेरिका भासिएपछि नेपाली फिल्म क्षेत्रबाट टाढा छिन् । लामो समयको ग्यापपछि उनले अभिनय गरेको फिल्म ‘अमेरिकन बाबु मेड इन नेपाल’ हलमा रिलिज नभई सीधै युट्युबमा रिलिज भएको छ ।

ईश्वर थापाले निर्देशन गरेको यो फिल्म वितरकसँग कुरा मिल्न नसक्दा युट्युबमा रिलिज गरिएको हो ।

यो फिल्म अमेरिका र क्यानडामा बस्ने नेपालीहरुमाझ पहिले नै रिलिज भइसकेको छ । बाहिर रिलिज गर्दा नै फिल्मले झण्डै ८० प्रतिशत लगानी उठाइसकेको बताइएको छ ।

बाबु बोगटी, नन्दिता केसी, एहशान ढकाल, स्मृति पोखरेल लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्मलाई राजेश गुरुङ, मञ्जु राना, सञ्झना उप्रेती लगायतले निर्माण गरेका हुन् ।

फिल्ममा अमेरिकामा बस्दै आएका नेपालीको कथालाई कथानक बनाइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  १२ : १४ बजे

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा