किन विवादमा आइरहन्छन् दुर्गेश थापा ? « Khabarhub

किन विवादमा आइरहन्छन् दुर्गेश थापा ?


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा गायक दुर्गेश थापाले यसपटक लगातार तीजका गीत सार्वजनिक गरिरहेका छन् । उनका केही गीत लोकप्रिय पनि छन् ।

गतवर्षको तीजमा ‘बीच्च बीच्चमा’ बोलको गीत सार्वजनिक गरेपछि दुर्गेश एकाएक चर्चामा आए । पहिले पनि उनको चर्चा त हुन्थ्यो । तर, यो गीतले धेरै दर्शकमाझ परिचित गरायो ।

गीतबाट दुर्गेशले तारिफ पनि पाए । यसपटकको तीजमा भने दुर्गेशलाई धेरैले तालीभन्दा बढी गाली दिएका छन् ।

एकपछि अर्को गीत सार्वजनिक गरेका दुर्गेशको कतिपयले विरोध गरेका छन् । हालै सार्वजनिक गरेको ‘बीच्च बीच्चमा ३’ नामक गीतमा महिलाको पोशाकमा प्रस्तुत भएपछि उनको थप विरोध भएको छ ।

दुर्गेशलाई सामाजिक सञ्जालमा महिलाहरुको चाडको अपमान गरेको भन्दै गाली गरिएको छ । दुर्गेशले भने यसअघि अरुले पनि महिलाको पोशाक लगाएर फिल्म तथा भिडियोमा अभिनय गरेको बताएका छन् ।

उनले ‘महानायक (राजेश हमाल) ले पनि फिल्ममा सारी लगाएको’ उदाहरण दिएका छन् ।

गतवर्ष पनि दुर्गेशले तिहारको अवसर पारेर सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतले विवादमा तानेको थियो ।

यो गीतमा प्रयोग गरिएका केही शब्दका कारण उनीविरुद्ध प्रहरीमा उजुरीसमेत परेको थियो । पछि उनले गीत हटाएर पुनः परिमार्जनसहित अपलोड गरेका थिए ।

यतिबेला पनि दुर्गेश विवादमा तानिएका छन् । दुर्गेशका फ्यानले भने उनको सफलताका कारण केहीले खुट्टा तान्न खोजेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ११ : ५६ बजे

अमेरिकाको दाबी : इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

वासिङ्टन- अमेरिकाले इरानविरुद्ध सञ्चालन गरेको सिलसिलेवार सैन्य कारबाहीमा ८० भन्दा बढी

सिँचाइ कुलो निर्माणले बाँझो जमिनमा खेती

मान्म– स्थानीय नरहरिनाथ गाउँपालिका–७ माल्कोट गाउँमा सिँचाइ कुलो निर्माण भएपछि

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी– पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण

शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्ने

अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर तेहरान फर्किए

तेहरान- अमेरिकी सैन्य आक्रमण सुरु भएपछि इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इराकको