घर बनाउँदा ध्यान दिनुहोस् वास्तुका १६ कुरा « Khabarhub

घर बनाउँदा ध्यान दिनुहोस् वास्तुका १६ कुरा


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै पनि घर बनाउनु वा किन्नु अघि यसबारे पर्याप्त समीक्षा र वास्तुमा ध्यान दिनु पर्दछ । वास्तु आफैमा विज्ञान भएकाले यस अनुसार घर निर्माण गर्दा सकारात्मक पक्ष निर्देश रहन्छ ।

अर्थात घर कस्तो, कत्रो र कसरी बनाउने भन्नेबारे वास्तुले निर्देशित गर्दछ । तसर्थ घर बनाउँदा वा किन्नु पर्दा यि १६ कुरामा विचार पुर्याउनु पर्दछ ।

१. घर बनाउनु अघि यसको प्रयोग, आकार र बनावटबारे लामो समीक्षा गर्नु पर्दछ ।
२. घर पर्याप्त प्रकाश आउने तथा ताजा हावा आउजाउ गर्ने हुनु पर्दछ ।
३. वास्तु अनुसार शौचालय बनाउँदा घरको पश्चिम दिशामा मात्र बनाउनु पर्दछ ।
४. बेडरुममा सुत्दा खुट्टा उत्तर दिशा र टाउको दक्षिण दिसामा हुनु पर्दछ ।
५. बेडरुममा खाटमा सुत्दा व्यक्तिको खुट्टा ढोकातर्फ हुन हुँदैन ।
६. वास्तु अनुसार घरको भान्सा आग्नेय कोणमा हुनु पर्दछ ।
७. खाना खादाँ ब्यक्तिको मुख पूर्व वा उत्तर दिशामा हुनु पर्दछ ।
८. वास्तु अनुसार घर बनाउने स्थान आसपास दुर्गन्धित ढल वा वर्कसप हुनु हुदँैन ।
९. भिरालो जमिनमा वा खोँचमा पनि घर बनाउनु उपयुक्त मानिदैन ।
१०. त्रिभूज आकारको जग्गा वा एकातिर चौडा र अर्कोतर्फ कम भएको जग्गा किन्नु हुदैँन ।
११. घरको मुख्य द्वारको सामुन्नेमा भान्सा वा बगैंचा राख्नु हुदैँन ।
१२. मूख्य ढोका खोल्नासाथ सामुन्नेमा पर्खाल हुनु हुँदैन ।
१३. खानेपानि वा कुनै पनि सार्वजनिक ट्यांकी छायाँ पर्ने गरी घर बनाउनु हुदैँन ।
१४. आसपासमा ठुलो घर भएको स्थानमा एउटा सानो घर बनाउनु उपयुक्त हुँदैन ।
१५. गल्ली वा आवास स्थलको अन्तिममा घर बनाउनु हुदैन ।
१६. सडकको किनारमै बनेको सडकको पहिलो घर किन्नु पनि शुभ मानिदैन ।

समग्रमा घर बनाउँदा वा किन्दा पर्याप्त हावा, पानी, प्रकाश आउने तथा गल्ली चौडा भएको स्थानमा बनाउनु पर्दछ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ९ : ५६ बजे

शेरबहादुर भन्छन् : रास्वपाले पाएको मतको ‘केमिकल जाँच’ हुनुपर्छ

काठमाडौं– नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले फागुन निर्वाचनमा पार्टीले

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई

करेन्ट लागेर एक जनाको मृत्यु

मान्म– कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।