काठमाडौं उपत्यकामा थपिए ९ कोरोना संक्रमित  « Khabarhub

काठमाडौं उपत्यकामा थपिए ९ कोरोना संक्रमित 


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा ९ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरमा २, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ललितपुरका १ र काठमाडौँमा २ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै पाटन अस्पतालमा काठमाडौँका ३ र स्टार अस्पताल सानेपामा ललितपुरका १ जनामा कोरोना पोजिटिभ देखिएको छ।

योसँगै पछिल्लो २४ घण्टामा नेपालमा १४७ जनामा कोरोना पुष्टि भएको छ। प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ। आज ३ हजार ४८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १५६ जना कोरोना संक्रमित निको भइ घर फर्केका छन्।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ४ : ४० बजे

काठमाडौँको घण्टाघरस्थित मस्जिदमा ‘इद उल फित्र’ मनाइयो (तस्बिरहरू)

काठमाडौँ– अरबी पात्रो अनुसार ‘इद उल फित्र’ पर्व आज देशभरका

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते

रोशी खेलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– गएरातिको वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को

‘एमालेमा नेतृत्व परिवर्तनको बहस अर्थहीन, सडकबाट कराएर केही हुन्न’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार राजीनामा दिइसकेका छन्।