बारा–पर्साका हावाहुरी पीडितलाई सिन्धुलीबाट १० लाख « Khabarhub

बारा–पर्साका हावाहुरी पीडितलाई सिन्धुलीबाट १० लाख


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सिन्धुली– विपद् व्यवस्थापन समिति सिन्धुलीले तराईंका हावाहुरीपीडितलाई राहातस्वरुप रु १० लाख दिइने भएको छ । विपद् व्यवस्थापन समिति सिन्धुलीले बारा र पर्साका हावाहुरी पीडितको पुनःस्थापनाका लागि सो सहयोग गर्ने भएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको अध्यक्षतामा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । निर्णय अनुसार कमलामाई नगरपालिकाबाट १ लाख ५० हजार, दूधौली नगरपालिकाबाट १ लाख ५० हजार र यहाँका अरु ७ गाउँपालिकाबाट १–१ लाखका दरले ७ लाख गरी  १० लाख सहयोग गर्ने निर्णय भएको छ ।

चट्याङ, हावाहुरी, भूकम्पलगायत जोखिम न्यूनीकरण गर्न जिल्लाका सबै स्थानीय तह, सरकारी तथा गैरसरकारी सङ्घ संस्था, सञ्चार माध्यम, सबैलाई पूर्व तयारी अवस्थामा रही विपत् व्यवस्थापन सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने बैठकले निर्णय गरेको प्रजिअ ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  १२ : ५० बजे

२९ गतेको संस्थापन इतर समूहको भेलामा शेखर कोइरालाले सम्बोधन गर्ने

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा

मन्त्रिपरिषद्को बैठक ३ बजे बस्दै

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्को बैठक आज साउन २६ गते

चिनियाँ रकेट प्रक्षेपण असफल

बेइजिङ– सञ्चार उपग्रह बोकेको चिनियाँ लङ मार्च–७ए रकेट प्रक्षेपणका क्रममा

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम–  सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै ग्यास

तिम्बुङ पोखरी : प्रकृतिसँगको साक्षात्कार

ताप्लेजुङ– हिमाली प्रजातिका विभिन्न फूलहरूको मनमोहक दृश्य, धुपी र हिमाली