काठमाडौँको बाफलमा युवतीलाई एसिड प्रहार गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

काठमाडौँको बाफलमा युवतीलाई एसिड प्रहार गरेको आरोपमा दुई जना पक्राउ


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको बाफलमा युवतीलाई एसिड प्रहार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गरेको आरोपमा दुई जनालाई नार्गजुन ४ सिर्जनसिल टोलबाट राति ११ बजेतिर पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर स्थायी ठेगाना हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भएका मुन्ना मोहम्मद छन् । युवतीलाई आफूहरूले मन पराएको तर, उनले अरू नै केटालाई मन पराएको थाहा पाएपछि एसिड प्रहार गरेको उनीहरूले बताएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो ।

कार्कीले एसिड प्रहार गर्ने व्यक्तिहरुलाई नचिनेको बताए पनि सीसीटीभी फुटेजमा देखिएको हुलियाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । एसीड प्रहारबाट घाइते युवतीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ७ : १० बजे

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी– निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि

सवारी नियम उल्लङ्घनमा एकै दिन दुईहजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार ७६

कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति

प्रधानमन्त्री शाहले आज उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी