मोरङमा राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन सुरू « Khabarhub

मोरङमा राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन सुरू


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङमा राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन गरिँदै विराटनगर– मोरङ जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन सुरु भएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित एक कार्याक्रममा जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेल र विराटनगर उपमहानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले परिचयपत्र विवरणको फारम भरेर तथा फोटो खिचाएर विवरण संकलनको काम सुरु गरे ।

नागरिकता प्राप्त गर्ने उमेर, १६ वर्ष, पूरा भएका सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने राष्ट्रिय कार्यक्रमअनुसार मोरङमा विवरण संकलन सुरु भएको हो । आगामी तीन वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गर्ने सरकारको लक्ष्य रहेको छ ।

प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईका अनुसार २४ जिल्लामा सञ्चालित यो कार्यक्रम यही साउनमा ७७ जिल्लामै सुरु भएको छ । सरकारले नागरिकलाई प्रदान गर्ने सेवा सहज र पारदर्शी बनाउन परिचयपत्र प्रभावकारी हुने उनले बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सरकारको लक्ष्यअनुसार विवरण दर्ता सुरु भएको बताए । चालु आर्थिक वर्षमा मुलुकभर एक करोड नागरिकलाई परिचयपत्र वितरण गर्ने सरकारको लक्ष्य छ । हालसम्म दुई लाख २५ हजार नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र पाइसकेको जनाइएको छ । राष्ट्रिय परिचयपत्र वितरण पाँचथर जिल्लाबाट सुरु भएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ८ : ३२ बजे

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी– निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि

सवारी नियम उल्लङ्घनमा एकै दिन दुईहजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार ७६

कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति

प्रधानमन्त्री शाहले आज उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी

मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन

मुस्ताङ– जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष,