मोरङमा राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन सुरू | Khabarhub Khabarhub

मोरङमा राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन सुरू


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङमा राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन गरिँदै विराटनगर– मोरङ जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन सुरु भएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित एक कार्याक्रममा जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेल र विराटनगर उपमहानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले परिचयपत्र विवरणको फारम भरेर तथा फोटो खिचाएर विवरण संकलनको काम सुरु गरे ।

नागरिकता प्राप्त गर्ने उमेर, १६ वर्ष, पूरा भएका सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने राष्ट्रिय कार्यक्रमअनुसार मोरङमा विवरण संकलन सुरु भएको हो । आगामी तीन वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गर्ने सरकारको लक्ष्य रहेको छ ।

प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईका अनुसार २४ जिल्लामा सञ्चालित यो कार्यक्रम यही साउनमा ७७ जिल्लामै सुरु भएको छ । सरकारले नागरिकलाई प्रदान गर्ने सेवा सहज र पारदर्शी बनाउन परिचयपत्र प्रभावकारी हुने उनले बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सरकारको लक्ष्यअनुसार विवरण दर्ता सुरु भएको बताए । चालु आर्थिक वर्षमा मुलुकभर एक करोड नागरिकलाई परिचयपत्र वितरण गर्ने सरकारको लक्ष्य छ । हालसम्म दुई लाख २५ हजार नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र पाइसकेको जनाइएको छ । राष्ट्रिय परिचयपत्र वितरण पाँचथर जिल्लाबाट सुरु भएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ८ : ३२ बजे

प्रिओपन सेसन : ११ अंकले बढ्यो नेप्से

काठमाडौं– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ११ अंकभन्दा बढीले बढ्यो

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

भातै पोखिएपछि माडको के माया ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर