मोरङमा राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन गरिँदै « Khabarhub

मोरङमा राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन गरिँदै


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङ जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन सुरु भएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित एक कार्याक्रममा जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेल र विराटनगर उपमहानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले परिचयपत्र विवरणको फारम भरेर तथा फोटो खिचाएर विवरण संकलनको काम सुरु गरे ।

नागरिकता प्राप्त गर्ने उमेर, १६ वर्ष, पूरा भएका सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने राष्ट्रिय कार्यक्रमअनुसार मोरङमा विवरण संकलन सुरु भएको हो ।

आगामी तीन वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गर्ने सरकारको लक्ष्य रहेको छ । प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईका अनुसार २४ जिल्लामा सञ्चालित यो कार्यक्रम यही साउनमा ७७ जिल्लामै सुरु भएको छ ।

सरकारले नागरिकलाई प्रदान गर्ने सेवा सहज र पारदर्शी बनाउन परिचयपत्र प्रभावकारी हुने उनले बताए । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सरकारको लक्ष्यअनुसार विवरण दर्ता सुरु भएको बताए ।

चालु आर्थिक वर्षमा मुलुकभर एक करोड नागरिकलाई परिचयपत्र वितरण गर्ने सरकारको लक्ष्य छ । हालसम्म दुई लाख २५ हजार नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र पाइसकेको जनाइएको छ ।

राष्ट्रिय परिचयपत्र वितरण पाँचथर जिल्लाबाट सुरु भएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  १२ : ५३ बजे

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश

सभामुख अर्यालको आह्वान : ‘जलवायु संसदीय कूटनीति’ सुरु गरौँ

काठमाडौँ – सभामुख डीपी अर्यालले अन्तर–व्यवस्थापिका संघको १५३औँ सभालाई सम्बोधन गर्दै

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौँ नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा