जब सिंहदरबारको मूल प्रवेशद्वार लेउ र झारले हरियो भयो « Khabarhub

जब सिंहदरबारको मूल प्रवेशद्वार लेउ र झारले हरियो भयो


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको मूल प्रवेशद्वार, पश्चिम गेट, मा धेरै चहलपहल हुँदैन । दक्षिण गेट चल्तीमा आएपछि औपचारिक समारोहमा र विशिष्ट राजनीतिक पदाधिकारीका लागि मात्रै मूल द्वार प्रयोग हुन्छ ।

चल्तीमा नभएपछि नजर पनि कमै पर्ने भयो । यसपटक चार महिनाको लकडाउनमा त सिंहदरबारको मूल प्रवेशद्वार कुनै विरानो ठाउँ जस्तो देखिन थालेको थियो । गेट माथिसम्मै र भुइँ पनि लेउ र झारले हरियै देखिन थालेको थियो ।

यसरी मूल प्रदेशद्वार नै फोहोर र बिरानो देखिन थालेपछि काठमाडौं महानगरपालिकाले आज सफाइको काम गरेको छ । गेटको माथिल्लो भाग सफा गर्न डबल एक्स्टेन्सन ल्याडर प्रयोग गरिएको थियो ।

ढोकाको शिरसम्म पुग्न नसकिने र सुरक्षित नभएकोले दकमलबाट ल्याडर मगाएर माथिल्लो भागमा पलाएको झार सफा गरिएको थियो ।

ढोकाको बाहिरपट्टिको खाली जमिनमा बिछ्याइएका इटामाथि लेउ जमेर चिप्लो भएको थियो । झार पलाएर ढोकाका आकर्षण घटेको थियो ।

महानगरको वातावरण व्यवस्थापन विभागले करीब ४० जना कामकार खटाएर सिंहदरबारको मूल प्रवेशद्वार परिसर सफा गराएको हो ।

 

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  १ : २५ बजे

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको