सशस्त्र प्रहरीका २० जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

सशस्त्र प्रहरीका २० जनामा कोरोना संक्रमण पुष्टि


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- पूर्वी नाका काँकडभिट्टास्थित सशस्त्र प्रहरीको राजश्व तथा भन्सार गस्ती गुल्ममा कार्यरत २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार गुल्मका १८ जनामा आज र दुई जनामा तीन दिन अघि कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको हो ।

सो गुल्मका सशस्त्र प्रहरीले काँकडभिट्टा नाकामा भारतबाट आइपुगेका नेपालीलाई होल्डिङ सेन्टरमा सुरक्षा प्रदान गर्दै आएका छन् ।

तीन दिन अघि होल्डिङ सेन्टरमा खटिएको सशस्त्र प्रहरीको समूहको स्वाब सङ्कलन गरी परीक्षणका लागि धरान पठाइएकोमा आज १८ जनामा कोभिड–१९ पुष्टि भएको मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नविन बरालले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ९ : २४ बजे

बालेन्द्रको जित पक्का, ओलीसँग ३८ हजार मतको अन्तर

झापा- झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रेनुले हार स्वीकार्दै भनिन् : मतमा हारे पनि कामले चितवनबासीको मन जित्न सफल भएँ

चितवन- चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले

क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी मुलुकहरूमाथि अबदेखि कुनै

ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल

काठमाडौं- नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्त्र