झापामा आइपुग्यो प्रदेश सरकारको पीसीआर मेसिन | Khabarhub Khabarhub

झापामा आइपुग्यो प्रदेश सरकारको पीसीआर मेसिन


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – प्रदेश नं १ सरकारले मेची अञ्चल अस्पताललाई उपलब्ध गराएको कोभिड–१९ परीक्षण गर्ने अत्याधुनिक पीसीआर मेसिन झापामा आइपुगेको छ ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले आजदेखि मेसिनको जडान शुरु हुने र छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको बताए ।

स्वीस सरकारबाट प्रदेश सरकारलाई प्राप्त भएको सो मेसिन मेची अञ्चल अस्पतालभित्र प्रयोगशालामा राखिने अस्पताल विकास समितिका अध्यक्षसमेत रहनुभएका पोर्तेलले जानकारी दिए ।

मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र झापाका प्रदेश सांसदको उपस्थितिमा स्वीस सरकारका प्रतिनिधि अमन गोन्छेले सो मेसिन शुक्रबार विराटनगरमा एक कार्यक्रमबीच हस्तान्तरण गरेका थिए ।

झापामा कोभिड–१९ को परीक्षण गर्ने अर्को पिसिआर मेसिन कनकाईको समर्पण भवनमा जोड्ने काम सम्पन्न भइसकेको छ । ‘एकका लागि एक अभियान’ले उक्त मेसिन जनस्तरमा चन्दा सङ्कलन गरेर खरिद गरेको हो ।

अभियानका संयोजक महेन्द्र गिरीले जनस्तरबाट किनेर जडान गरिएको पिसिआर मेसिनसमेत प्रदेश सरकारलाई सञ्चालनका लागि हस्तान्तरण गरिने बताए ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  १० : ३१ बजे

‘आउँदो हिउँदे अधिवेशन नयाँ संसद् भवनबाट सञ्चालन हुनेगरी काम भइरहेको छ’

काठमाडौ– शहरी विकास मन्त्रालयले संसद्को आउँदो हिउँदे अधिवेशन नयाँ संसद् भवनबाट

ओलीलाई पूर्वराष्ट्रपतिको सन्देश : म एमालेको राजनीतिमा आइसकेँ, पछि हट्दिनँ 

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिबाट पछि नहट्ने

लागूऔषध सेवन र ओसारपसार चुनौतीपूर्ण

दोधारा चाँदनी– कञ्चनपुरमा लागूऔषध सेवन र ओसारपसार चुनौतीपूर्ण बनेको छ

शहरी विकास मन्त्रालयले भन्यो- गत आर्थिक वर्षमा ११ हजार सुरक्षित आवास निर्माण गर्‍यौँ

काठमाडौं– शहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा ११ हजार

हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो

कञ्चनपुर– कृष्णपुर नगरपालिका–५ गजरौला बजारको एक कुनामा बिहानैदेखि धुवाँको मुस्लो,