बाँकेमा मलको अभाव « Khabarhub

बाँकेमा मलको अभाव


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेमा रासायनिक मलको चरम अभाव देखिएको छ ।

किसानलाई धानबालीका लागि मल चाहिए पनि नेपालगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडले कृषकलाई मल उपलब्ध गराउन सकेको छैन ।

कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रमेश पौडेलका अनुसार, बाँकेमा ४२ हजार हेक्टरमा खेती हुँदै आएको छ । जसका लागि छ हजार मेट्रिक टन युरिया, तीन हजार मेट्रिक टन डिएपी र १०० मेट्रिक टन पोटास मल अवश्यक पर्छ ।

गत आर्थिक वर्ष २०७६/०७७ मा तीन हजार ६०० मेट्रिक टन युरिया, एक हजार ७०० मेट्रिक टन डिएपी र ४० मेट्रिक टन पोटास मात्रै आपूर्ति हुँदा बाँकेमा मलको अभाव देखिएको हो ।

बाँकेका करिब १०० सहकारीले कम्पनीबाट मल खरिद गरेर किसानलाई बिक्री वितरण गर्दै आएका छन् तर, सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई वितरण गरेर बाँकी रहेको मल मात्रै बिक्री गर्दै आएकाले आमकिसान समस्यामा पर्ने गरेका छन् ।

यद्यपि, जिल्ला सहकारी सङ्घले भने सबैलाई समानरुपले मल वितरण गरेको सङ्घ बाँकेका अध्यक्ष प्रेम सुवेदीको दाबी छ ।

कोरोना महामारीपछि बाँकेको सीमानाका बन्द भएकाले यस वर्ष भारतबाट पनि सहजरुपमा मल ल्याउन नसकिएको कृषक बताउँछन् ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  १० : ४८ बजे

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौँ– पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत

राजनीतिपछि शिथिल प्रकाश !

काठमाडौँ- गायक प्रकाश सपुत राजनीतिमा प्रवेश गरेसँगै धेरैले टिप्पणी गरेका

नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

काठमाडौँ– नेपालको आँखा उपचार सेवाको कम्बोडियाको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग

पूर्वाधार विकाससहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका चारवटा समितिको बैठक आज