वितरक र हलवालाले अझै पैसा दिएका छैनन् भन्न पनि लाज भइसक्यो: ‘छ माया छपक्कै’ निर्माता | Khabarhub Khabarhub

वितरक र हलवालाले अझै पैसा दिएका छैनन् भन्न पनि लाज भइसक्यो: ‘छ माया छपक्कै’ निर्माता


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गतवर्षको दशैंमा रिलिज भएर १८ करोड ग्रस कलेक्सन गरेको फिल्म ‘छ माया छपक्कै’ का निर्माताले वितरक र हलवालाले अझैसम्म पनि दिनुपर्ने शेयर नदिएको बताएका छन् ।

निर्माता रोहित अधिकारीले सामाजिक सञ्जालमार्फत फेसबूकमार्फत वितरक र हलवालाले अझैसम्म पनि शेयरबाट पाउनुपर्ने रकम नदिएको बताएका हुन् ।

‘असोज २०७६ मा नगदमा चलाएको हाम्रो चलचित्रको पैसा आझै पाएका छैनौं, वितरक र हलवालहरुले अझै दिएका छैनन् भन्न पनि लाज भइसक्यो,’ निर्माता अधिकारीले भने ।

उनले निर्मातालाई वितरक र हलवालाले शोषण गरेको आरोप लगाएका छन् । यसअघि पनि उनले हलवालाले फिल्म चलाएर पैसा नदिएको बताउँदै आएका थिए ।

‘वितरकलाई कमिसनको मात्र मतलब हो ?,’ उनले प्रश्न गरे ।

निर्माता अधिकारीका अनुसार वितरक र हलवालाले कोरोनाको कारण देखाएर पैसा दिएका छैनन् । जबकि, दशैंका बेला कोरोनाले कुनै फिल्मलाई पनि प्रभावित गरेको थिएन ।

उनले देशभरबाट २ करोडभन्दा बढी रकम लिन बाँकी रहेको समेत बताए । राजधानीका मल्टिप्लेक्स र सिंगल हलले पनि माघसम्म बुझाउनुपर्ने पारिश्रमिक अझै बुझाएका छैनन् ।

नाफा कमाइ गरेको फिल्मले पनि १० महिनासम्म पनि रकम नदिएको विषयमा फिल्मका निर्देशक दीपेन्द्र लामाले निर्माता अधिकारीलाई चलचित्र कलाकार संघमा निवेदन दिन सुझाव दिएका छन् ।

उनले भनेका छन्, ‘नेपाल चलचित्र संघमा निवेदन दिनुस् । त्यहाँ पनि भएन भने कानुनी उपचारमा जानुस् । दर्शकसँग हाकाहाकी पैसा लिने अनि निर्मातालाई महिनौं झुलाउने भन्ने हुन्छ र ?’

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ३ : ५७ बजे

शिक्षकका माग बोकेर मन्त्रिपरिषद् बैठकमा निस्किए मन्त्रीहरु

काठमाडौं – शिक्षामन्त्रीसँग शिक्षकहरूको वार्ता सकिएलगत्तै मन्त्रिपरिषद् बैठक बस्दै छ। अहिले

पोखरा एयरपोर्ट प्रतिवेदन : निर्णय प्रक्रियामा धेरै सहभागी, निश्चितलाई मात्रै दोषी करारको प्रयत्न

काठमाडौं– सार्वजनिक लेखा समितिअन्तर्गत राजेन्द्रप्रसाद लिङ्देन नेतृत्वको अध्ययन समितिले पोखरा

दिल्लीबाट फर्केर बाबुरामको सन्देश : इपीजीको च्याप्टर क्लोज, ओली–मोदी वार्ता होस्

काठमाडौं– पछिल्लो समय नेपाल र भारतबीच करिब–करिब सम्वादहीनताको अवस्था छ

आठ वर्षपछि फिल्म साइन् गरे रमेशले, फूलपातीमा प्रदर्शनमा आउने

काठमाडौं – नायक पल शाह केन्द्रीय भूमिकामा रहेने भनिएको फिल्म

नवौँ पोखरा स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक

पोखरा– नवौं पोखरा स्पोर्टस अवार्डका लागि खेलाडी र प्रशिक्षकहरूको मनोनयन