अमेरिकी राजदूतले राखे उपप्रधानमन्त्रीलाई भेटेर एमसीसीबारे चासो | Khabarhub Khabarhub

अमेरिकी राजदूतले राखे उपप्रधानमन्त्रीलाई भेटेर एमसीसीबारे चासो


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामो समयदेखि चर्चामा रहेको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अमेरिकाले चासो व्यक्त गरेको छ ।

आइतवार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँगको भेटका क्रममा अमेरिकी राजदूत र्‍याण्डी बेरीले एमसीसीबारे चासो व्यक्त गरेका हुन् ।

सत्तारुढ दल नेकपाका नेताहरुबीच एमसीसी अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा मत बाझिँदै आएको छ । यसैबीच बेरीले रक्षामन्त्री पोखरेललाई भेटेर एमसीसीबारे चासो राखेका हुन् ।

रक्षा मन्त्रालयका सहसचिव सन्तबहादुर सुनारका अनुसार पोखरेलसँगको भेटमा राजदूत बेरीले अन्य देशहरुबाट एमसीसी सहयोग माग भइरहेका बेला नेपालले किन ढिला गरेको हो भनेर चासो राखेका थिए ।

एमसीसी गत जेठ १६ गतेभित्र नै संसदबाट पारित गरिसक्नुपर्ने थियो । उक्त मितिभित्र पारित हुन नसकेपछि नेपालले गरेको आन्तरिक तयारीबारे राजदूत बेरीले जानकारी लिएको बताइएको छ ।

रक्षामन्त्री पोखरेलले एमसीसीबारे अझै छलफल चलिरहेकाले अनुमोदन गर्न ढिला भएको बताएका थिए ।

राजदूत बेरीले छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण फैलिएका बेला नेपालमा लकडाउन खुलाइएकोबारे पनि चासो राखेका थिए ।

रक्षामन्त्री पोखरेलले अवस्था हेरेर स्थानीय प्रशासनले पनि लकडाउन गर्न सक्ने बताएका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ५ : १९ बजे

प्रचण्डले भने- म अब माओवादीको अध्यक्ष रहिनँ, संयोजक भएँ

काठमाडौं– नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल

पूर्वराष्ट्रपतिको निष्कर्ष : जेन-जी आन्दोलनका घटना शंकास्पद्, दलहरू एकजुट हुनु पर्छ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पुस्ताको मनोभावना बुझ्दै राष्ट्रिय एकताका

सबै माओवादी नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

माओवादीको केन्द्रीय कमिटी भङ्ग, प्रचण्डकै प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति भङ्ग गरिएको छ