दैनिक १८ हजारको कोरोना परीक्षण गर्ने क्षमता छ : स्वास्थ्य मन्त्रालय « Khabarhub

दैनिक १८ हजारको कोरोना परीक्षण गर्ने क्षमता छ : स्वास्थ्य मन्त्रालय


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दैनिक १८ हजार जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत नेपालमा हाल दैनिक १८ हजार १६० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने क्षमता प्रयोगशालाहरुको रहेको बताएका  हुन् ।

हाल नेपालमा दैनिक कोरोना परीक्षणको अघिकतम रेकर्ड भने ६ हजार ३ सय ६० मात्र रहेको डा गौतमको भनाइ छ ।

डा गौतमका अनुसार पीसीआर मेसिनमा ११ वटा एक्ट्रयाक्सन मेसिन जडान भएपछि दैनिक ८ हजार ८ सय परीक्षण गर्ने क्षमता थप हुने र नयाँ सरकारी तथा निजी प्रयोगशालाहरुमा पनि ३ हजार व्यक्तिको दैनिक परीक्षण गर्ने क्षमता रहेको डा गौतमले बताए ।

डा गौतमका अनुसार स्वास्थ्य मन्त्रालयले छिट्टै दैनिक १८ हजार १६० जनाको पीसीआर परीक्षण गर्न सक्ने जानकारी पनि दिए ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ५ : ०९ बजे

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल