सप्तरीमा एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि « Khabarhub

सप्तरीमा एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीमा एक जना न्यायाधीशलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

आइतबार न्यायाधीश, एक जना प्रहरीसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि उच्च सरकारी वकिल कार्यालयका प्रमुखमा कोरोना संक्रमणको पुष्टि भएपछि वकिलको कार्यालय, अदालतका न्यायाधीश र कर्मचारीको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा न्यायाधीशमा संक्रमण देखिएको हो ।

आइतबारसम्म सप्तरीमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।

सप्तरीमा कोरोना संक्रमण फैलिएपछि सदरमुकाम राजविराज नगरपालिकामा लकडाउन गरिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ६ : १८ बजे

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल