नेपालमा थपिए १०८१ कोरोना संक्रमित | Khabarhub Khabarhub

नेपालमा थपिए १०८१ कोरोना संक्रमित


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१. जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ थियो ।

पछिल्लो २४ घण्टामा थप ९१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३३ हजार ८८२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि मंगलबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३२ हजार ९६४ हजार ६७७ थियो ।

मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३०६ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको मन्त्रालयले जनाएको छ ।

 

 

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ४ : २३ बजे

रविसहित १४ जनाविरुद्ध रुपन्देहीमा ठगी र संगठित अपराधको मुद्दा

काठमाडौं- बुटवलस्थित सुप्रिम सहकारी संस्थाको अर्बौँ बचत ठगी प्रकरणमा जिल्ला

विदेशबाट फर्किएका युवामा कृषि मोह 

भोजपुर– यहाँका युवाहरू विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसायमा जोडिन

अबको विकास मोडल – जमिन राज्यको, लगानी जनताको !

म ३०/३२ वर्षयता पर्यटन व्यवसायमा छु । पर्यटनमात्रै नभइ जलविद्युत,

६५ जना फरार प्रतिवादी पक्राउ

जानकी– जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ६५ जना फरार

बाँझो बारी जोतेर कोदो उत्पादन

पर्वत– जिल्लाको कुश्मा नगरपालिकाले लामो समयदेखि बाँझै राखिएको बारी जोतेर