बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख २३ हजार बढी « Khabarhub

बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख २३ हजार बढी


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बंगलादेशमा आइतबार थप दुई हजार २७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै सङ्क्रमण पुष्टि हुनेको कुल सङ्ख्या दुई लाख २३ हजार ४५३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी नसिमा सुल्तानाले आइतबार सञ्चारकर्मीहरूसँग भने, “बङ्गलादेशमा विगत २४ घण्टामा थप ५४ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको र दुई हजार २७५ नयाँ विरामीमा सङ्क्रमण पुष्टि भएको छ ।”

हालसम्म बंगलादेशमा कोभिड–१९ को महामारीका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार ९२८ पुगेको छ भने दुई लाख २३ हजार ४५३ व्यक्ति सङ्क्रमित भएका छन् ।

विगत २४ घण्टामा १० हजार ७८ व्यक्तिको कोभिड–१९ परीक्षण भएको उल्लेख गरिएको छ ।

अहिलेसम्म निको भई घर फर्किने सङ्क्रमितको सङ्ख्या एक लाख २३ हजार ८८२ रहेको आइतबार मात्रै एक हजार ७९२ जना निको भएका उनले बताए ।

अधिकारीका अनुसार बंगलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १.३१ प्रतिशत रहेको र अहिलेसम्म ५४.४४ प्रतिशत सङ्क्रमित निको भई घर फर्किसकेका बताइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ७ : २७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको