फुटबल खेलाडीको साउन १७ गते कोरोना परीक्षण गरिने  « Khabarhub

फुटबल खेलाडीको साउन १७ गते कोरोना परीक्षण गरिने 


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय फुटबल टोलीका खेलाडीको यही साउन १७ गते कोरोना परीक्षण हुने भएको छ।

आइतबार पाटन अस्पताल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच भएको छलफछले खेलाडीको कोरोना जाँच १७ गते गर्ने निर्णय गरेको हो ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने, `आजको छलफलमा खेलाडी तथा अफिसियलहरुको कोरोना जाँच पाटन अस्पतालमा साउन १७ गते गर्ने निर्णय भएको छ । राष्ट्रिय टोलीका सबैको  पीसीआर विधिबाट निःशुल्क परीक्षण हुनेछ।´

एन्फाले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीलाई असार १७ गतेभित्र राजधानी आइसक्न  समेत पत्राचार गरेको छ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ अन्तरगतको संयुक्त छनोटका लागि ३४ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ।

कोरोनाले स्थगित अभ्यास जोखिम कम भएपछि सरकारको अनुमतिमा भदौ १ देखि पुनः सुचारु हुँदैछ।

मुख्य प्रशिक्षक योहान कालिन स्वीडेनस्थित आफ्नो घर गएका छन्। उनी नआएसम्म सहायक प्रशिक्षक किरण श्रेष्ठले टोलीको नेतृत्व गर्नेछन्।

फुटबल टोलीले भदौ १ गतेदेखि अभ्यास शुरु गर्नेछ। त्यसअघि साउन १७ देखि ३० गतेसम्म खेलाडीलाई क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गरिनेछ।

विश्वकप र एसियन कप छनोट खेलका लागि फागुनमा बन्द प्रशिक्षण शुरू गरिएको थियो।

तर, कोरोनाको जोखिम बढेपछि प्रशिक्षण स्थगित भएको थियो । विश्वकप छनोटको अवे खेल खेलिसकेको नेपालले अब बाँकी तीन खेल दशरथ रंगशालामा खेल्नेछ ।

नेपालले बाँकी खेल आगामी अक्टोबरमा चाइनिज ताइपेई र अस्ट्रेलिया तथा नोभेम्बरमा जोर्डनसँग खेल्नेछ ।

छनोट खेल अक्टोबर ८ देखि शुरू हुने तय भएको छ । छनोटको समूह ‘बी’मा रहेको नेपालले सुरुवाती पाँच खेलमा एक जीत र चार हारसहित ३ अंक जोडेको छ।

एन्फाले अभ्यासमा बोलाएका ३४ खेलाडी को को ?

एन्फाले किरण चेमजोङ, विकेश कुथु, विशालल श्रेष्ठ , दीप कार्की, रञ्जित धिमाल, सुमन अर्याल, सरोज दाहाल, अनन्त तामाङ, देवेन्द्र तामाङ, अजित भण्डारी, तेज तामाङ, विशाल राई,  विक्रम लामा, सुभास गुरुङ, मिक्चेन तामाङ, सुजल श्रेष्ठलाई अभ्यासका लागि बोलाएको छ ।

त्यसैगरी अभ्यासका लागि बोलाइकाहरुमा रविशंकर पासवान, सुनिल वल, रोहित चन्द, भरत खवास, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अमित तामाङ, छिरिङ गुरुङ, विकास खवास, तिलेन लोप्तान, शेसेहाङ आङदम्वे, पूजन उपरकोटी, एरिक बिष्ट, अन्जन बिष्ट, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, आशिष लामा र विमल राना छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ९ : ३७ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल