मध्यपहाडी राजमार्गमा पहिरोले सडक अवरूद्ध, ८ दिनदेखि गाडी अलपत्र « Khabarhub

मध्यपहाडी राजमार्गमा पहिरोले सडक अवरूद्ध, ८ दिनदेखि गाडी अलपत्र


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ – राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बाग्लुङ खण्डको बोक्सेमा खसेको पहिरोका कारण ठूला सवारी साधन अलपत्र परेका छन् ।

एकतर्फी मात्रै सडक सञ्चालन गर्दा मालबाहक सवारी सधान भने बीच बाटोमै अलपत्र परेका छन् ।

गत मङ्गलबार बागलुङ नगरपालिका–३ बोक्सेमा गएको पहिरो बिहीबार साँझ मात्रै एकतर्फ खुलेको थियो । एकतर्फी खुलाइएको सडकमा साना सवारी जीप, कार सञ्चालनमा आए पनि खाद्यान्न सामग्री ल्याएका एवं ढुङ्गा, सिमेन्ट, रडलगायतका सामान बोक्ने ट्रक आठ दिनयता बोक्से छेउछाउमै रोकिएका छन् ।

मालबाहक ट्रकसहित पोखरा हिडेका सवारी चालक दलबहादुर परियारले सडक नखुलेपछि आठ दिनदेखि ट्रकको बास भएको बताए । ‘भएको पैसा खाएर सकियो, यतिका दिन भइसक्यो बाटो दुईतर्फी खुलाउन पटक–पटक आग्रह गर्दासमेत सम्बन्धित निकायले वास्ता नै गर्दैन, अब कहिले खुल्ने हो भन्ने पनि थाहा छैन,’ उनले भने ।

पहिरो ठूलो भएको र दुईतर्फी सञ्चालनमा ल्याउँदा पुनः सडक अवरुद्ध हुने भएकाले एकतर्फीमात्रै सडक पुनः सञ्चालन भएको मध्यपहाडी पुष्पलाल लोकमार्गका प्राविधिक उज्जल शर्माले जानकारी दिए ।

साना सवारीका लागि बाग्लुङ नगरपालिका र काठेखोला गाउँपालिकाले वैकल्पिक सडक पुनः सञ्चालन गर्न थाले पनि ठूला सवारी साधन बाटोमै अलपत्र पर्न थालेका हुन् ।

मध्यपहाडी लोकमार्ग आयोजनाले समेत सडक दुईतर्फी पुनः सञ्चालनका लागि ध्यान नदिँदा यात्रु तथा चालक रुष्ट बनेका छन् ।

स्थानीयवासीले बस्ती जोखिममा पर्ने भन्दै माटो फाल्न नदिँदा पनि सडक सञ्चालनमा आउन नसकेको बताएका छन् । लोकमार्ग सडकभन्दा तल मानव बस्ती रहेकाले माटो फाल्दा बस्ती नै जोखिममा पर्ने भएकाले लोकमार्गको माटो अन्यत्र फाल्नका लागि आग्रह गरिएको स्थानीयन गीता रेग्मीले जानकारी दिइन् ।

जतिसक्दो सडकमा अलपत्र परेका ठूला सवारीलाई गन्तव्यममा पुर्‍याउन लोकमार्ग आयोजना कार्यालयलाई निर्देशन दिएको बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले जानकारी दिए ।

लोकमार्गको बागलुङ खण्डमा पर्ने १४० किलोमिटर सडकमध्ये जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटर सडक कालोपत्रे हुन नसक्दा सयौँ यात्रुले सास्ती खेप्नुपरेको समयमा सडकमाथिबाट खसेको पहिरोले झनै समस्यामा पारेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ८ : ०० बजे

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि