अनुप भन्छन् – एकमात्र महानायक राजेश हमाल « Khabarhub

अनुप भन्छन् – एकमात्र महानायक राजेश हमाल


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमाललाई महानायक भन्ने कि नभन्ने भनेर बहस भइरहेका बेला अर्का अभिनेता अनुप विक्रम शाहीले हमाललाई ‘एक मात्र महानायक’ भएको बताएका छन् ।

केही समयदेखि राजेश हमाललाई महानायक भन्ने या नभन्ने विषयमा बहस हुँदै आएको छ । एक अन्तर्वार्ताका क्रममा कलाकार तथा निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै अभिव्यक्ति दिएपछि यो विषयमा व्यापक बहस भएको थियो ।

हमालले भने ‘महानायक’ को उपाधिलाई आफूले स्याबासीका रुपमा लिँदै आएको बताएका छन् ।

अनुपले अभिनेता हमालसँगको तस्वीर सामाजिक सञ्जालमा अपलोड गर्दै लेख्छन् – एक मात्र महानायक राजेश हमाल ।

केही दिनअघि पनि अनुपले आफ्नो जन्मदिन सेलिब्रेट गर्ने क्रममा हमाललाई नेपाली फिल्म इतिहासका महानायकका साथै ‘सुनको खम्बा’ भएको बताएका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १ : ४० बजे

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,