काँग्रेसद्वारा आधारभूत प्रशिक्षण पुस्तिका प्रकाशन « Khabarhub

काँग्रेसद्वारा आधारभूत प्रशिक्षण पुस्तिका प्रकाशन


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलेआधारभूत प्रशिक्षण पुस्तिकाप्रकाशनमा ल्याएको छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले पुस्तिकामा पार्टीका विभिन्न विषय समावेश गरिएको जानकारी दिए ।

दाहालका अनुसार पुस्तिकाबाट नेपाली काँग्रेसको प्रारम्भ, आदर्श, सिद्धान्त, नीति, कार्यक्रम, पार्टीको इतिहास र योगदान समावेश गरिएको छ ।

यस्तै पार्टी नेतृत्वको सरकारले प्राप्त गरेका उपलव्धी, आर्थिक–सामाजिक नीतिहरु, परराष्ट्र सम्वन्ध, कम्युनिष्ट नेतृत्वको सरकारको मूल्यांकन , साम्यवाद र लोकतन्त्रकाबीचको भिन्नता पनि पुस्तिकमा समेटिएको उनले जानकारी दिए ।

कम्युनिष्ट पार्टीसहितका अन्य पार्टी र नेपाली काँग्रेसकाबीच भिन्नता, आगामी दिनमा काँग्रेसले गर्ने र गर्नसक्ने योजनाहरुलगायका विषय पुस्तिकामा समावेश गरिएको छ ।

यसलाई छापा माध्यम मार्फत पनि चाँडै प्रकाशन गर्ने उनले जानकारी दिए । पुस्तिकामा पार्टीको विधान र प्रशिक्षणकलाबारे समेत अध्ययन सामग्री प्रस्तुत गरिएकाले यसबाट पार्टी पंक्ति र जिज्ञाषुहरुले आवश्यक जानकारी लिन पाउने उनको विश्वास छ ।

पार्टीका सदस्यहरुका लागि प्रशिक्षण यही पुस्तिकाको आधारमा गर्नुहुन सम्पूर्ण प्रशिक्षक र जिल्ला प्रशिक्षण शाखाहरुलाई समेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ७ : ४० बजे

बहुविवाह मुद्दा – पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं– बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का नेता

ओलीले राष्ट्रिय सभाको लोभ देखाएपछि राजेन्द्र गौतमको उम्मेदवारी फिर्ता

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी

राष्ट्रिय झण्डा दिवस मनाइयो (तस्बिरहरू)

काठमाडौं– आठौँ राष्ट्रिय झण्डा दिवस आज (मंगलबार) विभिन्न कार्यक्रम गरी

किसानलाई अनुदानमा गहुँको बीउ

महोत्तरी– मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ

हर्षल पाठक नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले हर्षल पाठकलाई नेपाली महिला