बेलायती प्रधानमन्त्री मेद्वारा ब्रेक्जिटको म्याद फेरि बढाउन ‘इयु’सँग आग्रह « Khabarhub

बेलायती प्रधानमन्त्री मेद्वारा ब्रेक्जिटको म्याद फेरि बढाउन ‘इयु’सँग आग्रह


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायती प्रधानमन्त्री टेरिजा मेले युरोपेली युनियन इयुबाट बाहिरिने म्याद आगामी जुन ३० सम्म बढाउनका लागि इयुलाई औपचारिक पत्र लेखेकी छिन् ।

बेलायती सञ्चारमाध्यमका अनुसार उनले युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टुस्कलाई सम्बोधन गर्दै लेखेको पत्रमा हाल बेलायतमा बेलायत इयुबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटबारे गरिएको सम्झौताको प्रस्ताव संसद्ले पारित गर्न नसकेको र यसबारे प्रयास भइरहेको भन्दै त्यसका लागि आगामी जुन ३० सम्मको म्याद थप्न आग्रह गरिएको छ ।

ब्रेक्जिटबारे उनले इयुसँग गरेको सम्झौता बेलायती संसद्ले तीन पटकसम्म अस्वीकार गरिसकेको छ । यसअघि मार्च २९ मा औपचारिक रुपमा बेलायत इयुबाट बाहिरिने मिति तोकिएपनि मेले इयुसँग ब्रेक्जिटको मिति सार्न अनुरोध गरेकी थिइन् । उनको अनुरोधअनुसार बेलायत इयुबाट औपचारिक रुपमा बाहिरिने मिति मार्च २९ बाट बढाएर अप्रिल १२ सम्म सारिएको थियो ।

तर, अप्रिल १२ मा पनि प्रधानमन्त्री मेको बे्रक्जिट सम्झौता बेलायती संसद्ले पारित गर्ने सम्भावना कम रहेकाले त्यसलाई पनि बढाउन मेले इयुसमक्ष आग्रह गरेकी हुन् ।

उनको पत्रमा आगामी मे २३ मा हुने युरोपेली संसद्को निर्वाचनको समयमा पनि बेलायत इयुको सदस्य नै रहने अवस्था आएको खण्डमा उक्त चुनावमा बेलायतबाट पनि उम्मेद्वार उठाउन सक्ने उल्लेख छ ।

मेले पठाएको पत्र बारे युरोपेली परिषद्ले इयु सदस्य राष्ट्रका प्रतिनिधिसँग बे्रक्जिटको म्याद बढाउन प्रस्ताव गर्ने तथा सदस्य राष्ट्रका प्रतिनिधिले सर्वसम्मत रुपमा त्यो प्रस्ताव पारित गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ५ : ३१ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको