गुल्मीमा पहिरोले ६ घर विस्थापित, एउटा ट्रक पुरियो « Khabarhub

गुल्मीमा पहिरोले ६ घर विस्थापित, एउटा ट्रक पुरियो


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तम्घास – अविरल वर्षापछि गएको पहिरोका कारण गुल्मीको चन्द्रकोट गाउँपालिकामा ६ परिवार विस्थापित भएका छन् । पहिरोले एउटा ट्रक समेत पुरिएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार चन्द्रकोट गाउँपालिका–७, खसिमारेमा लु ६ ख ७७९२ नम्बरको ट्रक पहिरोले पुरिएको हो । उक्त ट्रक हिजोदेखि हिलोमा फसेको थियो ।

उक्त ट्रक बुटवलबाट सामान बोकेर शान्तिपुर जाँदै थियो । प्रहरीले हिलोमा ट्रक फसेका बेला माथिबाट खसेको पहिरोले ट्रक पुरिएको जनाएको छ ।

यस्तै सोमबार राति आएको पहिरोले चन्द्रकोट गाउँपालिका–ड, बास्कोटका ६ घर विस्थापित भएका छन् । सोमवार रातिदेखि परेको अविरल वर्षापछि ठाउँठाउँमा पहिरो खस्दा उनीहरु विस्थापित भएका हुन् ।

पहिरोले केही गोठमा क्षति पुर्‍याएको र घरसमेत जोखिममा रहेको स्थानीयले बताएका छन् । विस्थापित परिवारलाई नजिककै जनता बाल निकेतन मावि पिपलपाटामा बस्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १२ : २८ बजे

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले